गुल्मी, २८ पौष ।
मैत्री बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा शंकरप्रसाद गौतम सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको शुक्रबार साँझ सम्पन्न २२ औँ साधारण सभाको निर्वाचनबाट गौतमको अध्यक्षतामा १३ सदस्ययिय संचालक समितिको गठन गरिएको हो ।
जसको उपाध्यक्षमा खुमानन्द घिमिरे, सचिवमा हरिप्रसाद पोखरेल, सह–सचिवमा ओम बहादुर कार्की, कोषाध्यक्षमा रामबहादुर कुँवर र सह–कोषाध्यक्षमा सरिता सुनार विश्वकर्मा निर्वाचित भएका छन् । त्यसैगरी संस्थाको संचालक समिति सदस्यहरुमा जङ्गबहादुर नेपाली, चोलराज शर्मा, पुष्पा अर्याल पन्थी, टेक बहादुर खत्री, रिता पाण्डे, तिलाचन पाण्डे र चयबहादुर चुँदारा निर्वाचित भएका छन् ।
साधारण सभाले शिवराज मरासिनीको संयोजकत्वमा तीन सदस्ययीय लेखा सुपरिवेक्षण समितिको गठन गरेको छ । जसको सदस्यहरुमा विष्णुप्रसाद ज्ञवाली र हरिप्रसाद भण्डारी रहेका छन् । समितिको अन्य पदाधिकारी तथा सदस्य सर्वसम्मत निर्वाचित भएपनि सचिव पदमा भने निर्वाचन भएको थियो ।
हरी प्रसाद पोखरेल र यज्ञ प्रसाद पन्थीबीच भएको निर्वाचनमा २९ मत ल्याउदैँ पोखरेल विजयी भए भने निकटतम प्रतिद्धन्द्धी पन्थीले २३ मत ल्याए । कुल ७२ मतदाता रहेकोमा ५४ मत खसेको थियो । जसमा दुई मत रद्ध भएको थियो । संस्थामा हाल १३ हजार बढी सदस्य संख्या रहेकोमा सदस्यहरुबाट छानिएर प्रतिनिधि (मतदाता) बन्ने व्यवस्थाअनुसार मतदाता संख्या ७२ भएको हो ।