नेपाल लाइफद्धारा मृत्यु दाबी भुक्तानी

गुल्मी, ०६ माघ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी उपशाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ०८ निवासी बीमित स्व. बिजुली श्रेष्ठको इच्छ्याइएको व्यक्ति उनका छोरा राजिव श्रेष्ठलाई एक लाख भुक्तानी गरिएको हो ।

बिजुलीले बार्षिक सात हजार बुझाउने गरी एक लाख बीमांकको १५ बर्षे ‘जीवन सहारा बीमा योजना’ अन्तरगतको बीमा गरेकी थिइन् । उनको अवधि सकिएको मिति ०७९ मा उनले बीमाकं एक लाख र बोनस ९२ हजार पाँच सय गरी कुल एक लाख ९२ हजार पाँच सय नेपाल लाइफबाट प्राप्त गरेकी थिइन् ।

उनको ०८० असौज २ गते मृत्यु भयो । मृत्युपछि पनि कम्पनीले बीमाकं रकम इच्छ्याइएको व्यक्तिलाई दिने योजना अन्तरगत बीमा गरेकोले उनका छोरा राजिवलाई बीमाकं बापतको एक लाख रकमको चेक दिइएको कम्पनीका उपशाखा प्रमुख हरी बहादुर केसीले जानकारी दिए । नेपाल लाइफ इन्स्योरेन्समा २१ प्रकारका बीमा योजना रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा