गठबन्धनकाे जित सुनिश्चित : सुवेदी

बुटवल । लुम्बिनी प्रदेशका राष्ट्रिय सभा सदस्य पदका उम्मेद्वार झक्कु प्रसाद सुबेदीले आफुहरुको जित निश्चित भएको बताउनुभएको छ । रिपोर्टर्स क्लव नेपाल, लुम्बिनी प्रदेश कार्यालय बुटवलले शनिबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै निर्वाचन जिते पश्चात प्रतिनिधि सभाले पास गरेका बिधेयकहरु माथि गहन अध्ययन र छलफल गरी सुझाव सल्लाह दिने भन्दै पहिलो काम किसान, महिला, दलित, उत्पिडित बर्गाको पक्षमा नीति निर्माण गर्ने र प्रदेशको समग्र बिकासमा पनि अग्रसर हुने बताउनुभयो । उहाँले भन्नु भयो, “लुम्बिनीका प्रतिनिधि भएर जनताको पक्षमा काम गर्न चाहान्छौ, बिधेकलाई बैज्ञानिक त बनाउँछौ नै समान खालको बिकास निर्माणमा समेत जोड दिनेछौँ ।” आफुहरुको जितको सुनिश्चित गर्ने गठबन्धन नै भएको भन्दै अहिलेको गठबन्धनले सुशासन कायम गर्ने, सामाजिक न्याय स्थापित गर्ने बताउनु भयो ।
फरक प्रसंगमा बोल्दै नेता सुबेदीले प्रचण्ड सधै सहमति र सहकार्यको पक्षधर रहेको बताउदै गठबन्धन भित्र भएको सहमति हुबहु पालना हुने जिकिर गर्नुभयो । उहाँले निर्वाचनका लागि मात्र गठबन्धन नभएको भन्दै प्रतिगम बिरुद्ध गठबन्धन बनेकोले यो लामो समय टिक्ने समेत बताउनुभयो ।

त्यस्तै अर्का उम्मेद्वार बिष्णुकुमारी सापकोटाले आफुहरुको जित शुनिश्चित भएको बताउनु भएको छ । उहाँले राष्ट्रियसभा निर्वाचनका मतदाताहरु नेतृत्व तहका हुने भएको हुँदा मत बदर नहुने र लुम्बिनी प्रदेशमा मतभार पनि बढि भएको कारण आफुहरुको जित शुनिश्चित रहेको बताउनु भएको हो ।

त्यस्तै नेपालि कांग्रेस लुम्बिनी प्रदेशका सभापति तथा प्रदेश चुनाबि गठबन्धनका संयोजक अमंर सिंह पुनले गठबन्धनमा भएको सहमति मतादाताहरुले अक्षरसः पालना गर्ने कुरामा कुनै शंका नरहेको बताउनुभयो । त्यसका लागि गठबन्धन भित्रका दलहरु सचेत रहेर अगाडि बढेको बताउनुभयो । उहाँले सबै जिल्लामा उम्मेद्वारहरुलाई परिचय गराउने काम अन्त्य तिर पुगेको बताउनुभयो । सभापति पुले सिंगो गठबन्धनको मतभार ५६३९ रहेको र बिपक्षमा ३९२५ मतभार रहेको हुँदा धेरै मतान्तरमा गठबन्धनको जित हुने निश्चित रहेको ठोकुवा गर्नु भयो ।

कार्यक्रम रिपोर्टर्स क्लव नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा