धुर्कोट अस्पतालमा १५ शैयाको सेवा सुरु

गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलमा रहेको धुर्कोट आधारभूत अस्पतालमा १५ शैयाको सेवा सुरु भएको छ । गाउँपालिकाले आन्तरिक रुपमा जनशक्ति व्यवस्थापन अस्पतालमा सेवा सुरु गरिएको हो ।

अस्पतालमा १५ शैयाको सेवा सुरु भएसँगै अब अस्पतालमा आएका बिरामीहरुलाई भर्ना गरेर २४ सै घण्टा सेवा दिन सकिने छ । त्यसैगरी आकस्मिक बिरामीहरुलाई पनि थप सहज हुने अस्पताल व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र भण्डारीले जानकारी दिए । अस्पतालको स्तरोन्नती भएसँगै अन्तरगं सेवा पनि थप हुने अस्पतालले जनाएको छ ।

शनिबार लुम्बिनी प्रदेशसका स्वास्थ्य मन्त्री राजु खनालले १५ शैयाको अस्पतालको सेवा सुभारम्भ गरे । कार्यक्रममा बोल्दै मन्त्री खनालले प्रदेशले सबै जिल्लाका पालिकामा १५ शैयाको अस्पताल संचालनका लागि प्रदेश सरकारले आवश्यक जनशक्ति व्यवस्थापन गर्ने बताए । अस्पताल १५ शैयामा स्तरोन्नती भएसँगै चारजना जनशक्ति थप गर्नुपर्ने हुन्छ । हाललाई उक्त जनशक्ति पालिकाले आन्तरिक रुपमा व्यवस्थापन गरेको छ ।

धुर्कोट आधारभूत अस्पतालमा धुर्कोट गाउँपालिकाका साथै मदाने र मालिका गाउँपालिका लगायतका स्थानका नागरिकले सेवा प्राप्त गर्दछन् । हाल उक्त अस्पतालबाट प्रसुती सेवा, ल्याब सेवा, ओपिडी सेवा लगायतका आधारभूत सेवाहरु प्रवाह भइरहेका छन् ।

विभिन्न क्षेत्रमा योगदान पु¥याउने सम्मानित
कार्यक्रमको अवसरमा अस्पताल निर्माण गर्न जग्गा उपलब्ध गराउने एवं अन्य विभिन्न क्षेत्रबाट अस्पतालको विकासमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ । १५ शैयाको अस्पतालका लागि जग्गा प्रदान गर्ने लक्षमण भण्डारी, जेमलाल पोख्रेल, विष्णु बहादुर जि.सी. र लक्ष्मी थापालाई सम्मान गरिएको छ ।

त्यसैगरी भवन निर्माण, एम्बुलेन्स खरिद, जनशक्ति व्यवस्थापन, मेडिकल सामग्री व्यवस्थापन लगायतका कार्यमा सहयोग गर्ने स्वास्थ्य सेवा विभागका तत्कालिन अधिकृत लेखनाथ घिमिरे, लामो समयसम्म अस्पतालमा काम गरेकी बिनुदत्त भण्डारी र खोप कार्यक्रता मथुरा प्रसाद श्रेष्ठ सम्मानित भएका छन् ।

अस्पतालले विभिन्न समयका कार्यालय सहयोगीहरुलाई पनि सम्मान गरेको छ । जसमा लोक बहादुर थापा, गंगाराम पोख्रेल, मोति बहादुर खत्री र बुद्धिराम भण्डारी रहेका छन् । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले २४ सै घण्टा सेवा लिने बिरामीहरुलाई लक्षित गर्दै गाउँमै १५ शैयाको अस्पताल संचालन गरेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा