गुल्मी, १५ माघ । रेसुङ्गा नगरपालिकाको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी महेन्द्र माध्यमिक विद्यालयले हात पारेको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम नजिताअनुसार महेन्द्र माविले नौ स्वर्ण, तीन रजत र आठ कास्यसहित उपाधी हात पारेको हो ।
त्यसैगरी आठ स्वर्ण, १० रजत र १० कास्यसहित सिद्धबाबा माध्यमिक विद्यालय द्धितिय भएको छ । भने आठ स्वर्ण, चार रजत र पाँच कास्यहसति रेसुङ्गा माध्यमिक विद्यालय तृतय भएको छ ।
प्रतियोगितामा कुल १४ विद्यालयको सहभागिता रहेको थियो । जसमा तीन विद्यालय पदकबिहीन भएका छन् । उपल्लो तम्घास माविले दुई स्वर्ण, दुई रजत र एक कास्य, भाडगाउँ माविले तीन स्वर्ण र सात रजत, त्रिभुवन माविले चार स्वर्ण, तीन रजत र दुई कास्य प्राप्त गरेका छन् ।
त्यसैगरी भगवती माविले चार रजत र दुई कास्य, ब्रिलियन्ट युनाइटेड एकेडमीले छ स्वर्ण, पाँच रजत र एक कास्य, आदर्श विद्या आश्रमले एक कास्य, जनसहयोग माविले एक स्वर्ण र दुई कास्य तथा घोर्ले माविले एक स्वर्ण पदक प्राप्त गरेको नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद २० हजार, ट्रफी र प्रमाण पत्र, द्धितिय हुनेलाई नगद १५ हजार, ट्रफी र प्रमाण पत्र एवं तृतिय हुनेलाई नगद १२ हजार, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पिताम्बर पन्थीले जानकारी दिए ।
प्रतियोगिता माघ १२ देखि १४ गतेसम्म तम्घासको चिदिचौरमा सम्पन्न भएको थियो । रनिङ्ग शिल्डमा प्रथम भएको महेन्द्र माविले सोमबार बजार परिक्रमा गरेर उत्सव मनाएको छ ।