गुल्मीका १२ वटै पालिकामा एमालेको ध्यानाकर्षण पत्र

गुल्मी
नेकपा एमाले गुल्मीले जिल्लाका १२ वटै पालिकामा ज्ञापन पत्र बुझाएको छ । पालिकाहरुमा बढ्दै गएको भ्रष्ट्राचार, खरिद प्रक्रिया, इन्धन खर्च र सवारीसाधनको प्रयोग, तालिम, गोष्ठि लगायतका नाममा गरिने खर्च लगायतका बिषयमा ध्यानाकर्षण स्वरुप ज्ञापन पत्र बुझाइएको एमाले गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिए ।

एमालेले निर्वाचनको डेढ बर्षका कामहरु हेरेर सुझावसहितको ज्ञापन पत्र बुझाएको हो । एमालेले सम्बन्धित पालिकाका कमिटीमार्फत ज्ञापन पत्र बुझाएको हो । इस्मामा गाउँपालिकाको केन्द्र, सार्वजनिक सुनुवाई नगरेको लगायतका बिषय उठाइएको छ । जिल्लाका अन्य पालिकामा पनि पालिकामा भएका कमि कमजोरीहरुलाई एमालेले उजागर गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा