इस्मामा एमालेको ज्ञापन पत्र ःसार्वजनिक सुनुवाईदेखि कर्मचारी नियुक्तीसम्मका बिषय

गुल्मी । 
नेकपा एमाले गुल्मीको जिल्लास्तरीय कार्यक्रमअन्तरगत एमाले इस्मा गाउँकमिटीले गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । सोमबार एमाले इस्मा गाउकमिटीले पालिकामै पुगेर ज्ञापन पत्र बुझाएको हो ।

इस्मामा हालसम्म एउटा पनि सार्वजनिक सुनुवाई नगरिएको, स्थानीय तहमा गरिने स्वमुल्याकंनमा इस्मा गाउँपालिका जिल्लाको ११ औँ स्थानमा आएको, पालिकाका काममा नागरिकलाई दुःख दिने काम भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी ‘ग’ वर्गको अपांग भत्ता, सुत्केरी पोषण भत्ता, गर्भवती महिलाका लागि एम्बुलेन्स खर्च लगायतका युवा लक्षित कार्यक्रमरु कटौती गरिएको, पूर्वाग्रहको आधारमा नक्कली प्रमाण पत्र धारिहरुलाई कर्मचारी नियुक्त गरिएको, स्थानीय पाठ्यक्रम तयार नगरिएको जस्ता बिषय उठान गरि ज्ञापन पत्र बुझाइएको एमाले इस्मा गाउँकमिटी अध्यक्ष राजेन्द्र विक्रम कुँवरले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष भगत खड्काले आफुहरु सधै नागरिककै पक्षमा खटिएको बताए । ‘हामी सफा नियतका साथ नागरिकको निरन्तर सेवामा छौ ।’ उनले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा