तम्घासका ग्राहकलाई ग्लोवलको बित्तिय साक्षरता

टोपलाल अर्याल गुल्मी

३ फागुन

ग्लोबल आइएमई बैंक, तम्घास शाखाले बिहिबार वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । शाखाले डिजिटल बैंकिङ सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । इन्द्रेणी पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा स्थानीय बजारका व्यापारी, विद्यार्थी, युवा गरेर एक सय बढि सहभागी थिए ।

सहभागीहरुलाई वित्तीय लक्ष्य निर्माण, बचत, ऋण, बजेट, रेमिटान्स बैंकिङ जालसाजी, डिजिटल बैंकिङ गर्दा ख्याल राख्नु पर्ने कुराहरुको बारेमा शाखा प्रबन्धक योगेन्द्र रायमाझी र कर्जा शाखाका आनन्द गैरेले अभिमुखिकरण गरेका थिए । बैंकले जिल्लामा बित्तिय सेवासंगै सामाजिक उत्तरदायी अन्तरगत विभिन्न रचनात्मक एवं सृजनात्मक कामहरु गर्दै आएको छ । अहिले बैक तथा बितिय संस्थाहरुको बारेमा नागरिकमा अनेक भ्रम छन् ।

साथै डिजिटल बैंकिङ सम्बन्धी अभिमुखिकरण नहुँदा र असावधानीका कारण ठगीका घटनाहरु पनि भइरहेका छन् । जसलाई न्यूनिकरण गर्न ग्लोवल आइएमई बैंकले संचालन गरेको बित्तिय साक्षरता कार्यक्रम निकै फलदायी रहेको सहभागी तथा रेडियो रेसुंगाको स्टेशन म्यानेजर अनिता खत्रीले बताइन् ।

अहिले हरेक नागरिक कुनै न कुनै बैंक र इन्टरनेटको पहुँचमा रहेकाले बैकहरुले समन्वय गरेर सवै ग्राहकहरुसम्म बित्तिय साक्षरण पुराउनु पर्नेमा खत्रीको जोड छ । ग्लोबल आइएमई बैंकका तम्घास, अस्पताल लाइन, मुसिकोट, मालिका, इस्मा, गुल्मी दरवार र मजुवामा शाखा रहेका छन् । त्यस्तै मुसिकोट–५ को इन्द्रेगौडा, जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय गुल्मीमा एक्टेन्सन काउन्टर रहेका छन् । जिल्लाभर शाखारहित बैंिकङ्ग २१ वटा रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा