नेपाल स्वयंसेवी रक्तदाता समाजको अध्यक्षमा पाण्डे सर्वसम्मत

नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा गुल्मीको अध्यक्षमा ध्रुव पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनले पाण्डेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे, सचिवमा विरबहादुर कार्की, कोषाध्यक्षा विष्णुप्रसाद अधिकारी रहेका छन् । त्यसैगरी सदस्यहरुमा देविराम पाण्डे, ढुण्डिराज पन्थी, झविलाल पाण्डे, जयप्रकाश भट्टराई, निर्मला पोखरेल, केशव अधिकारी र श्याम पन्थी रहेका छन् । नेपाल रक्तदाता स्वयंसेवी समाज जिल्ला शाखा गुल्मी २०७६ मा ३६ जना सदस्यबाट सुरु भएको थियो ।

हाल १२० जना आजिवन सदस्य रहेको संस्थाले गुल्मीमा रगत अभावको परिपुर्ति गर्दै आएको छ । कार्यक्रममा बोल्दै संस्थाका केन्द्रीय महासचिव कृष्ण चौहानले गुल्मी जिल्ला शाखाले गरिरहेको समाजिक कर्मको खुलेर प्रशंसा गरे ।

संस्थाले जिल्ला प्रहरी कार्यालय गुल्मी, सशस्त्र प्रहरी बल गुल्मी, संग्राम सार्दुल गुल्मी गुल्मी, नेपाल रेडकक्रस सोसाइटी, संचार माध्यम र अन्य क्रियाशील सामाजिक संघसंस्थाको सहयोगमा गुल्मी अस्पतालमा बिरामीलाई आवश्यक पर्ने रगतको व्यवस्था गर्दै आएको नेपाल रक्तदाता स्वयंसेवी समाज जिल्ला शाखा गुल्मीका संस्थापक अध्यक्ष नमाराज मरासिनीले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण खत्रीले संस्थाले आवश्यक गरेबमोजिम रगत थप आवश्यक पर्ने भएमा त्यसतर्फ छलफल गरेर अगाडी बढ्ने धारणा ब्यक्त गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा