गजल : किन हतार गर्छौ तिमी

आउँछ एकदिन समय सबैको, किन हतार गर्छौ तिमी
बर्षा हुनलाई पानी पनि समुद्रबाटै टाढिनुपर्छ, किन हतार गर्छौ तिमी

कहिलेकाँही लगाइएको पसलमा त उत्पादन हुदैँन भने
झारलाई उम्रन कहाँ बीउ छनुपर्छ, किन हतार गर्छौ तिमी

पथ्थरकै लागि सबै पथ्थर हुनुपर्छ भन्ने त छैन, तर
महाकवि हुनकै लागि महामूर्ख हुनुपर्छ, किन हतार गर्छौ तिमी

सङ्घर्ष दुःख नगरी कसरी हुन सक्छौ महान व्यक्ति
बीउलाई उम्रन पनि त माटोमुनी पुरीनै पर्छ, किन हतार गर्छौ तिमी

यदि सफलताले तिम्रा पाइला चुम्दै चुम्दै गयो भने
सारा असफलता आई पैतलामुनी कुल्चिनैपर्छ, किन हतार गर्छौ तिमी

जति अन्याय गरेता पनि पाण्डवलाई कौरवले जस्तै
अधर्मको नाश गर्न श्रीकृष्ण जन्मिनै पर्छ, किन हतार गर्छौ तिमी

(लेखक रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा हुन ।)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा