दोस्रो अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधी मुसिकोट लाई

गुल्मी, फागुन ०९ । गुल्मीको मदाने गाउँपालिकामा संचालन भएको दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी मुसिकोट नगरपालिकाले जितेको छ । बुधबार सम्पन्न बेष्ट अफ फाइभमा भएको फाइनल खेलमा मुसिकोटले चन्द्रकोटलाई २५–१९, २५–१९ र २५–१८ को सोझो सेटमा हराउदैँ प्रतियोगिताको उपाधि जितेको हो । प्रतियोगितामा चन्द्रकोट गाउँपालिका द्धितिय भएको छ ।

पुरस्कार ग्रहणपछि मुसिकोटका खेलाडी
पुरस्कार ग्रहणपछि चन्द्रकोटका खेलाडी

खेलमा प्रथम भएको मुसिकोटले नगद एक लाख ११ हजार १११ र द्वितीय भएको चन्द्रकोटले ५५ हजार ५५५ प्राप्त गरेका छन् । बुधबार नै सम्पन्न खेलमा मदाने गाउँपालिकालाई हराउँदै सत्यवती गाउँपालिका तृतीय भएको छ । सत्यवतीले २५ हजार ५५५ प्राप्त गरेको छ ।

पुरस्कार ग्रहणपछि प्रमुख प्रशासकीय अधिकृतको साथमा सत्यवतीका खेलाडी

खेलमा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगदका साथै शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता अन्तरगत गाउँपालिकाले अन्तर पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिता र गाउँपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको आयोजना गरेको थियो । पुरूष भलिबल प्रतियोगितामा छत्रकोट बाहेका बाँकी ११ पालिकाको सहभागीता गाउँपालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिईन् ।

महिला भलिबल प्रतियोगितामा वडा नम्बर ३ सिर्सेनी प्रथम, वडा नम्बर ५ मलागिरी द्वितीय र वडा नम्बर ६ पुर्काेट दह तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ः ३३ हजार ३३३, २२ हजार २२२ र ११ हजार १११ का साथै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । गाउँपालिकाले फागुन ७ गतेदेखि खेलकुदका कार्यक्रमको आयोजना गरेको प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिए ।

प्रथम हुन सफल सिर्सेनीका खेलाडी, साथमा वडाध्यक्ष चेत बहादुर सेन

गाउँपालिकाले पालिकाभित्रका विभिन्न क्षेत्रका खेलाडीलाई नगद र प्रमाणपत्र सहित सम्मान गरेको छ । भलिबलतर्फका खेलाडी मदाने –१ का सुवास विक, एथलेटिक्सतर्फका खेलाडी मदाने –२ कि गीता विक, भलिबलतर्फका खेलाडी मदाने –५ का चिरन खड्कालाई गाउँपालिकाले सम्मान गरेको छ ।

त्यसैगरी तेक्वान्दो तर्फका खेलाडी दीपा खड्का भण्डारी, रब्बीतर्फका खेलाडी किशान थापा, बक्सिङतर्फका खेलाडी चेत बहादुर थापा र सुनिल थापालाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष महेन्द्र कुँवरले जानकारी दिए ।

एथलेटिक्सतर्फका खेलाडी गीता विकले सम्मान ग्रहण गर्दै

कार्यक्रमको अवसरमा विभिन्न साँस्कृतिक प्रस्तुति पनि रहेको थियो । कलाकार नरेश खाती क्षेत्र, रीता थापा, सुनिल थापा लगायत स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहेको थियो । खेलमा हुम चन्द, राजु बलाल र बिसन घर्तीले रेफ्रिको भुमिका निर्वाह गरेका थिए ।

कार्यक्रम मदाने अध्यक्ष महेन्द्र कुँवरको अध्यक्षता, पूर्व अध्यक्ष दान बहादुर केसीको प्रमुख आतिथ्यता तथा सब इन्जिनियर वसन्त कुँवरको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा पालिकाका विभिन्न तहका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, पत्रकार लगायत स्थानीयको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा