गुल्मी, १५ फागुन ।
रेसुङ्गा नगरपालिका–८ स्थित सिद्धबाबा माध्यमिक विद्यालयको ३८ औँ बार्षिकोत्सव समारोह कार्यक्रम सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका बीच सिद्धबाबा माविले आफ्नो ३८ औँ बार्षिकोत्सव मनाएको हो । कार्यक्रममको अवसरमा विद्यालयका प्रध्यानाध्यापक डोर विक्रम श्रीसले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न अक्षयकोषका संस्थापक, मानार्थ सदस्य, अक्षयकोषमा रकम थप गर्ने व्यक्ति, जग्गा व्यवस्थापनको लागि रकम प्रदान गर्ने लगायतका व्यक्तिहरुलाई सम्मान गरिएको छ । एक बर्षको अवधिमा सिद्धबाबा माविमा आठ जनाले छात्रबृत्तिको लागि अक्षयकोषको स्थापना गरेका छन् ।
रेसुङ्गा नगरपालिका –१ का पदम बहादुर खत्रीले ५० हजारको ‘खिमकला पोख्रेल स्मृति छात्रबृत्ति कोष’ को स्थापना गरेका छन् । त्यसैगरी रेसुङ्गा नगरपालिका –१ का तुलाराम पाण्डेले ५५ हजार ५५५, मालिका गाउँपालिका –१ नेटाका रनमाया पुनले आफ्नी बुहारी रुपा थापा पुनको स्मृतिमा ५० हजार, रेसुङ्गा नगरपालिका –८ खानीगाउँका मोहनबहादुर भलामीद्धारा ५५ हजार ५५५, छापटोलाका भेषबहादुर थापा छन्त्याल र तनकला थापा छन्त्याल दम्पत्तीबाट पाँच लाख, मालिका गाउँपालिका–४ निवासी विद्यालयका सहायक प्रध्यानाध्यापक युवराज अर्यालद्धारा २५ हजार ६२० तथा रेसुङ्गा नगरपालिका ८ की सीता आचार्यद्धारा विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।
विद्यालयमा अध्यापनरत पोखरा महानगरपालिका –२५ हेम्जाका शिक्षक विनोद तिम्सिनाको सडक दुर्घटनामा परि मृत्यु भएको थियो । उनको स्मृतिमा विद्यालयले ७७ हजार ८३७ बराबरको अक्षयकोषको स्थापना गरेको छ । यस बर्ष विभिन्न व्यक्तिहरुले आफुले स्थापना गरेको अक्षयकोषमा रकम थप गरेका छन् । धन बहादुर भलामीले अक्षकोषमा पाँच हजार थप गरी तीन लाख ४६ हजार ५५५ पु¥याएका छन् ।
त्यसैगरी मोहन बहादुर भलामीले १४ हजार थप गरी तीन लाख ५५ हजार ५५५, हरी ज्ञवालीले सात हजार ४५० थप गरी ५१ हजार, शारदा भलामीले पाँच हजार थप गरी ४५ हजार, मीनादेवी काउछाले ४५ हजार थप गरी ५५ हजार एवं प्रध्यानाध्यापक डोर विक्रम श्रीसले छ हजार थप गरी अक्षयकोषमा ६९ हजार पु¥याएका छन् । एक बर्षको अवधिमा विद्यालयलाई प्रतिव्यक्ति ५० हजारका दरले प्रदान गरी १२ जना मानार्थ सदस्य भएका छन् ।
कार्यक्रमको अवसरमा रेडियो समृद्धिका स्टेशन म्यानेजर एवं राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल, पत्रकार अनिल खत्री र मनु सुनारलाई उत्कृष्ट पत्रकारको रुपममा सम्मानित गरिएको छ । कार्यक्रममा उत्कृष्ट शिक्षक, अभिभावक, पूर्व विद्यार्थी लगायतलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको सहायक प्रध्यानाध्यापक युवराज अर्यालले जानकारी दिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिल बहादुर थापाको अध्यक्षता तथा रेसुङ्गा नगरपालिकाका उप प्रमुख अमृता देवी कुँवरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षक एवं विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुती पनि रहेको थियो । कार्यक्रम शिक्षक हरी ज्ञवाली, टिका खड्का, शारदा भलामी र ममता बुढाथोकीको संचालनमा सम्पन्न भएको थियो ।