नागरिकताको प्रतिलिपि बनाउने बढे

गुल्मी, १८ फागुन ः गुल्मीमा नागरिकताको प्रतिलिपी बनाउनेको सङ्ख्यामा बृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो चार बर्ष सात महिनामा ३७ हजार ६६३ जनाले नयाँ नागरिकता बनाएका छन् । सोही समयमा २० हजार ४१५ जनाले नागरिकताको प्रतिलिपि निकालेका छन् । जुन नयाँ नागरिकता बनाएको सङ्ख्याको ५४.२० प्रतिशत हो ।

आर्थिक बर्ष ०७७÷७८ मा कुल नागरिकता बनाएका सङ्ख्याको ५६.४३ प्रतिशतले प्रतिलिपि बनाएका छन् । सोही बर्षमा आठ हजार १७७ जनाले नयाँ नागरिकता र चार हजार ६१५ जनाले प्रतिलिपि बनाएका छन् । त्यसैगरी आर्थिक बर्ष ०७८÷७९ मा १३ हजार ५९५ जनाले नयाँ र छ हजार ३३८ जनाले नागरिकताको प्रतिलिपि निकालेका छन् ।

गत आर्थिक बर्ष ०७९÷८० मा पनि कुल नागरिकता बनाएका सङ्ख्याको ६०.६४ प्रतिशतले प्रतिलिपि बनाएका छन् । गत बर्ष १० हजार ६३७ जनाले नयाँ नागरिकता बनाएका छन् भने छ हजार ४५१ जनाले प्रतिलिपि बनाएका छन् । चालु आर्थिक बर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा ५८९ जनाले नयाँ नागरिकता बनाएका छन् भने २६८ जनाले प्रतिलिपि बनाएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा प्रेम खनालले जानकारी दिए ।

नागरिकताको कागजको गुणस्तर कमजोर हुनु, नागरिकता हराए वा पुरानो भए निःशुल्क रुपमा नयाँ बनाउन पाइन्छ भन्ने धारणाको विकास हुनु जस्ता कारणले नागरिकले नयाँ नागरिकता बनाउने प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिलिपि निकाल्ने अधिकाशंले नागरिकता पुरानो भएको कारण नयाँ निकालेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले संविधानले दिएको अधिकारअनुसार नागरिकले नागरिकताको प्रतिलिपि बनाएको बताए । तर निशुल्क रुपमा जतिपनि पाइन्छ भनेपछि नागरिकले आफ्नै नागरिकताको सुरक्षा नगरेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा