पुल्चोक स्पोर्टस क्लबको अध्यक्षमा न्यौपाने सर्वसम्मत

गुल्मी, फागुन २० । पुल्चोक स्पोर्टस क्लब, रेसुङ्गा नगरपालिका–८ गुल्मीको तेस्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार सदरमुकाम तम्घासमा सम्पन्न अधिवेशनले सन्तोष न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको सर्वसम्मत गठन गरेको छ । जसको उपाध्यक्षमा प्रकाश मरासिनी, सचिवमा कमल खत्री, सह–सचिवमा रञ्जित श्रेष्ठ, कोषाध्यक्षमा प्रविन बस्नेत र सह–कोषाध्यक्षमा बाबुराम पाण्डे लगायतका अन्य सदस्यहरु रहेका छन् ।

अधिवेशनले तस्लिम ओलीलाई खेल संयोजक र सागर पाण्डेलाई खेल सह–संयोजकको जिम्मेवारी प्रदान गरेको छ । कार्यक्रममा पत्रकार हुमाकान्त पोखरेलले निर्वाचन मण्डलको संयोजकको भूमिका निर्वाह गरेका थिए । त्यस्तै दिनेश बस्नेत र सुधन न्यौपानेले निर्वाचन मण्डलको सदस्यको भूमिका निर्वाह गरेका थिए ।

क्लबको पदाधिकारी एवं सदस्यमा नव निर्वाचितलाई निर्वाचन मण्डलका संयोजक एवं सदस्यहरुले प्रमाण पत्र वितरण गरेका थिए । बस्नेत र न्यौपाने कार्यसमितिमा समेत आवद्ध भएका छन् ।

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष मनोज पाण्डेलाई सल्लाहकारमा निर्वाचित गरिएको छ । त्यसैगरी उनलाई मायाले चिनोले समेत सम्मान गरिएको छ । सामाजिक क्षेत्रमा समेत सक्रिय क्लबले प्रत्येक बर्ष छात्रा फुटबल प्रतियोगिताको समेत आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा