लोक तथा दोहोरी गीत प्रतिष्ठानद्धारा गुल्मी अस्पतालका बिरामीहरुलाई फलफुल वितरण

गुल्मी, २९ फागुन ।
गुल्मी अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २३ औँ स्थापना दिवसको अवसरमा संस्थाको गुल्मी शाखाले मंगलबार फलफुल वितरण गरेको हो । बिरामीहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउन फलफुल वितरण गरिएको संस्थाका सदस्य धन बहादुर खत्रीले जानकारी दिए ।

कार्यक्रम संस्थाका गुल्मी सह–सचिव अनिल खत्रीको अध्यक्षता तथा कार्यसमिति सदस्य हुमाकान्त पोखरेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक खिम ज्ञवालीले बिरामीलाई फलफुल प्रदान गर्ने लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई धन्यवाद् दिए ।

कार्यक्रममा अस्पतालका डाक्टर हिमाल थापा, व्यवस्थापक असिम चौधरी, नर्सिङ्ग इन्चार्ज कल्पना बोहोरा, समाजसेवी हिरा एसी, घन बहादुर खड्का, लोक दोहोरीका कार्यसमिति सदस्य हिमाल कुँवर, सविता मरासिनी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा