गुल्मी, ३० फागुन ।
पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीले आफ्नो छैठौ कार्यसमिति पुनर्गठन गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार अमृतकुमार खड्काको संयोजकत्वमा सम्पन्न भेलाले लक्षमण जिसीको नेतृत्वमा नयाँ कार्यसमितिको गठन गरेको हो ।
जसको प्रथम उपाध्यक्षमा मेहर सिंह बस्नेत, द्धितिय उपाध्यक्षमा केशवराज घिमिरे, महासचिवमा कमल आर बस्नेत, सचिवमा हरी शर्मा, सह–सचिवमा विक्रम जिसी, कोषाध्यक्षमा रामप्रसाद खनाल तथा सह–कोषाध्यक्षमा बाबुराम खड्का लगायत अन्य सदस्यहरु सदस्यहरु रहेका छन् ।
संस्थाको संगठन प्रमुखमा कृष्णा बस्नेत, शिक्षा तथा स्वास्थ्य संयोजकमा नविन महत, साँस्कृतिक संयोजकमा दुर्गेश महत, खेलकुद संयोजकमा बाबुराम खड्का, स्थानीय संयोजकमा हिम शिखर रहेका छन् । त्यसैगरी प्रवास संयोजकमा तेजेन्द्र घिमिमारे, दुबई संयोजकमा टंक महत, मलेशिया संयोजकमा लिला जिसी, भारत संयोजकमा पृतम खड़का, नेपाल संयोजकमा प्रकाश थापा रहेका छन् ।
संस्थाको सल्लाहकार समितिमा कमल जिसी, कृष्ण प्रसाद खनाल, टोप बहादुर गौतम, अमृत कुमार खड्का, नरेन्द्र थापा लगायतका २१ जना रहेका छन् । भेलाले पुष्कर खड्काको नेत्तृत्वमा मलेसिया उप–समितिको पनि गठन गरेको छ । जसको उपाध्यक्षमा जनक खड्का सचिवमा पूर्ण बहादुर थापा, सह–सचिवमा सूर्य जिसी र कोषाध्यक्षमा निसान थापा लगायतका अन्य सदस्यहरु रहेका छन् । उप–समितिको सल्लाहकारमा केशवराज घिमिरे, लिला जिसी र कृष्ण बस्नेत रहेका छन् ।
संस्थाले स्थानीय उप–समितिको पनि पुर्नगठन गरेको छ । जसको अध्यक्षमा बाबुराम गौतम, प्रथम उपाध्यक्ष दुर्गा क्षेत्री, द्धितिय उपाध्यक्ष विष्णु थापा, सचिवमा अशोक खनाल, सह–सविचमा प्रमोद खड्का, कोषाध्यक्षमा अमर बहादुर थापा र सह–कोषाध्यक्षमा कृष्ण जिसी लगायतका अन्य सदस्यहरु रहेका छन् । समितिको सल्लाहकारमा हरी बहादुर थापा, शुशिला खत्री, हुकुम महत र कृष्ण जिसी रहेका छन् ।
पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल, धुर्कोट गाउँपालिका २ पिपलधाराका वैदेशिक रोजगारीमा रहेका युवाद्वारा सञ्चालित सामाजिक कार्य गर्दै आएको सामाजिक संस्था हो । संस्थाले सात बर्ष अगाडी पिपलधारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स पनि हस्तान्तरण गरेको थियो । त्यसैगरी गणेश माविमा प्लस टु संचालन गर्न पाँच लाख ५५ हजार ५५५, मृगौला पीडित प्रतिमा थापालाई पाँच लाख पाँच हजार ५५५ तथा पिपलधाराका दुईव्टा माविलाई यूरो गार्ड वितरण गरेको थियो । आगामी दिनमा पनि संस्था विभिन्न सामाजिक काममा क्रियाशिल बन्दै जाने संस्थाका द्धितिय उपाध्यक्ष केशवराज घिमिरेले जानकारी दिए ।