spot_imgspot_img

रेसुंगा बिमानस्थलमा हप्ताको तीन पटक उडान हुने

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट साप्ताहिक तीन उडान हुनेभएको छ । यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्ससँग माग गरी तीन उडान हुनेभएको रेसुंगा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले जानकारी दिए ।

उनका अनुसार, अब गुल्मीकाे रेसुंगा विमानस्थलमा साप्ताहिक तीन उडान हुनेछन् । उनले कठोर मिहिनेत र पटक-पटकको छलफलपछि आगामी सोमबारबाट रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सले साप्ताहिक तीन उडान गर्ने सहमति भएको बताए । नेपाल एयरलाइन्सले हालसम्म साप्ताहिक दुई उडान गरिरहेकाे थियो । प्रत्येक बुधबार र शुक्रबार उडान भइरहेको थियो ।

बदेखि प्रत्येक साेमबार, बुधबार र शुक्रबार उडान हुनेछ । रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले उडान थप भएकोले अब आम नागरिकले टिकटको अभावमा भोग्नु परेको दु:ख र समस्याको केही हदसम्म समाधान हुने विश्वास लिएकाे बताए । यात्रुको चापका आधारमा थप उडानका लागि पनि पहल गरिने नगरपालिका प्रमुख पन्थीले जानकारी दिएका छन् ।

साभार ः गुल्मीलाइभ डटकम

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा