spot_imgspot_img

गुल्मीका चन्द सर्वोत्कृष्ट लोक दोहोरी गायक

गुल्मी, ०३ चैत ।

बिन्दवासिनी म्युजिक प्रालि र विन्दवासिनी म्युजिक फाउण्डेशनले गुल्मीका रामचन्द्र चन्दलाई सर्वोत्कृष्ट लोक दोहोरी गायकको रुपमा सम्मान गरेको छ । बिन्दवासिनी म्युजिक अवार्डको १४ औँ संस्करणको अवसरमा गुल्मीका चन्दले ‘सवोत्कृष्ट लोक दोहोरी गायक’को सम्मान पाएका हुन् । मुक्तिनाथ विकास बैंक र रमपम तयारी चाउचाउको प्रस्तुतिमा काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अवार्ड समारोहमा चन्दलाई सम्मान गरिएको हो ।

चन्दसँगै अन्य ३१ विधाका सर्वोत्कृट हुने व्यक्तिहरुलाई पनि सम्मान गरिएको छ । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ घर भएका चन्दलाई ‘घाँटी रेट न’ बोलको गीतलाई आधार मान्दै सम्मान गरिएको हो । २०६३ सालदेखि लोक संगितको क्षेत्रमा प्रवेश गरेका उनी दर्जनौ गीत निकाले दर्शकको मन जित्न सफल भएका छन् ।

चन्दले पहिलो पटक ‘माया साह्ै छ’ बोलको गीत बजारमा ल्याएका थिए । यस गीतको सफलतापछि उनले ‘चरी रुखमा, भीरमा रुदैँ छ’, ‘अबदेखी म एक्लै हुम्ला’, ‘गुल्मीको शान’, ‘भुल्दै भुल्दै जानु’ ‘तीन फुर्के डोरी’ लगायतका दर्जनौ गीतमा स्वर दिएका छन् । उनले कतार, युएई, दुवई, ओमन, बहराइन, कोरिया जस्ता देशको सांगितिक भ्रमण समेत गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका चन्द बौद्धिक कलाकारको रुपमा चिनिन्छन् ।

त्यसैगरी उनी विभिन्न अन्तराष्ट्रिय अवार्डबाट समेत सम्मान भएका छन् । लोक गायन पुरस्कार–२०७६, हिमालयन अन्तराष्ट्रिय अवार्ड–२०७८, दोस्रो विशाल लुम्बिनी लोकदोहोरी अवार्ड –२०७९, नुर गंगा प्रतिभा पुरस्कार, पहिलो दशैँ तिहार फेस्टिभल म्युजिक अवार्ड लगायतका पुरस्कारबाट सम्मानित भएका छन् । अहिले पाएको विन्दवासिनी म्युजिक अवार्डले आफ्नो कलाकारिताको क्षेत्रमा थप हौसला थपेको चन्दले प्रतिक्रिया दिए ।

घाटी रेट्नलाइ बोल को गीत Ramchandra Chand YouTube च्यानलमा हेर्न सकिन्छ

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा