१० चैत, गुल्मी । गुल्मीमा एक व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा कैदीबन्दीहरुको निःशुल्क रगत परीक्षण गरिदिएका छन् । रक्तदाता समाजका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष ध्रुव पाण्डेले आफ्नो जन्मदिनको अवसरमा गुल्मी काराकारका कैदीबन्दीहरुको रगत परीक्षण गरिदिएका हुन् । शनिबार कारागारमै एक कार्यक्रमको आयोजना गरी पाण्डेले ११ महिला, एक सय पुरुष र तीन बालबालिका गरी १०२ जनाको रगत परीक्षण गरिदिएका हुन् । कारागारमा कुल ११४ कैदीबन्दी रहेका छन् ।
परीक्षण गरिएकामध्ये ३० जनाको ए पोजेटिभ, ३२ जनाको बी पोजेटिभ, ३४ जनाको ओ पोजेटिभ, पाँच जनाको एबी पोजेटिभ र एक जनाको बी नेगेटिभको नजिता आएको पाण्डेले बताए । कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जन्मदिनमा भड्किलो खर्च गर्नुभन्दा यस्ता सामाजिक कर्म धेरै अनुरकणीय हुने बताए । पाण्डे समयदेखि जिल्लामा रगतको परिपूर्ति गर्नको लागि सक्रिय छन् । जिल्लामा रगतको आवश्यकता हुँदा कारागारबाट पनि सहयोग लिन सकिने उदेश्यले कैदीबन्दीको रगत परीक्षण गरिएको पाण्डेले बताए ।