पौडी खेल्ने क्रममा एकको मृत्यु

गुल्मी, १८ चैत ः गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको ज्यान गएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर २ घोरा निवासी रमेश सारुको छोरा १२ बर्षिय प्रिन्स सारुको मृत्यु भएको हो ।

प्रिन्स शनिबार बेलुकी पाँच बजेको समयमा बडिगाड खोलाको सोता भन्ने ठाउँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

उनको आइतबार बिहानैदेखि शसस्त्र प्रहरी, गुल्मीका सई खड्गसिंह पेमीको नेतृत्वमा खटिएको टोलिले खोजी गर्ने क्रममा ११ः३० को समयमा शव फेला परेको प्रहरीले जनाएको छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा