हिमालयन लाइफ इन्स्योरेन्सको एजेन्सी म्यानेजर सम्मान कार्यक्रम सम्पन्न

गुल्मी, १९ चैत ।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड तम्घास उप–शाखा, गुल्मीको एजेन्सी म्यानेजर सम्मान तथा पुनर्ताजकी तालिम सम्पन्न भएको छ । सोमबार सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरी इन्स्योरेन्सले गुल्मी उप–शाखाबाट इमर्जीङ स्टारको रुपमा सीता खत्रीलाई सम्मान गरेको छ ।

खत्रीलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका इन्स्योरेन्सका केन्द्रीय मार्केटिङ प्रमुख माधव शर्मा, विशिष्ट अतिथि लुम्बिनी प्रदेश प्रमुख बुद्ध बहादुर सुर्यवंशी, तम्घास उप शाखा प्रमुख अन्जु पुनले सम्मान पत्र, टिका र खादाले सम्मान गरे ।

त्यसैगरी चालु आर्थिक बर्षको साउनदेखि फागुन महिनासम्म सबैभन्दा धेरै पोलिसी जारी गर्ने एजेन्सी म्यानेजर, समुहमा सबैभन्दा धेरै बिजनेश गर्ने एजेन्सी म्यानेजर, मुक्तिनाथ भ्रमणको स्किमि र थाइल्याण्ड भ्रमणको स्किम पुरा गर्ने एजेन्सी म्यानेजरहरुलाई पनि टिका र खादाले सम्मान गरिएको थियो ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कम्पनीको मार्केटिङ प्रमुख माधव शर्मा र लुम्बिनी प्रदेश प्रमुख बुद्ध बहादुर सुर्यवशींले हिमालयन लाइफ इन्स्योरेन्सका विभिन्न पोलिसीहरुको बारेमा जानकारी गराउँदै अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई प्रत्येक नागरिकलाई बीमाको पहुँचमा ल्याउन आग्रह गरेका थिए ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथिलाई तम्घास उप–शाखाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम हिमालयन लाइफ इन्स्योरेन्स तम्घास उप शाखाकी प्रमुख अन्जु पुनको अध्यक्षता, मार्केटिङ प्रमुख बसन्ता पन्थीको स्वागत मन्तव्य तथा हुमाकान्त पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा