गुल्मीमा ३५ हजार राशिको क्रिकेट प्रतियोगिता हुँदै

गुल्मी, २३ चैत  ।
गुल्मीको सदरमुकाम तम्घासमा ३५ हजार राशिको क्रिकेट प्रतियोगिता हुने भएको छ । पुल्चोक स्पोर्टस क्लवको आयोजनामा यही चैत २८ गतेदेखि वैशाख १ गतेसम्म ‘पुल्चोक लिग सिजन ३’ संचालन हुन लागेको हो । लिग संचालनका लागि क्लवले शुक्रबार एक कार्यक्रमबीच विभिन्न चार क्लवहरुबीच खेलाडी छनोट कार्यक्रम समेत सम्पन्न गरेको छ ।

पुल्चोक स्पोर्ट क्लवले अनलाइन आवेदनको आधारमा ५३ खेलाडीको नाम छनौट गरेको थियो । खेलाडीहरुलाई दुविचौर टाइगर्स, इडिफाई मिलनचोक, ब्रोदर्स एक्स रोइला र पुल्चोक तम्घासले विभिन्न मूल्यमा खरिद गरेका छन् । अहिले भारतमा चलिरहेको इन्डियन प्रिमियर लिगकै झल्को दिने गरी खेलाडि खरिद गरिएको थियो ।

जसमा सबैभन्दा धेरै रेसुङ्गा नगरपालिका–१० का प्रमिस पुनलाई ४० हजार पोइन्ट्समा पुल्चोक तम्घास क्लवले खरिद गरेको छ । प्रतियोगितामा एक टिमले सबै टिमसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार, मेडल र प्रमाण पत्र एवं द्धितिय हुनेलाई मेडल र प्रमाण पत्र प्रदान गरिने क्लवका अध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा क्लवका अध्यक्ष न्यौपानेको अध्यक्षता, पूर्व अध्यक्ष मनोज पाण्डेको प्रमुख आतिथ्यता, पत्रकार महासंघ, गुल्मीका अध्यक्ष टोपलाल अर्याल र कार्यसमिति सदस्य हुमाकान्त पोखरेलको विशेष आतिथ्यता , क्लवका उपाध्यक्ष प्रकाश मरासिनीको स्वागत मन्तव्य तथा महासचिव उमेश पाण्डेकाे संचालनमा सम्पन्न भएको थियाे । खेल तम्घासको चिदिचौर खेल मैदानमा संचालन हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा