महेन्द्र माविले मनायो ७२ औँ बार्षिकोत्सव

गुल्मी ।
रेसुङ्गा नगरपालिका–१ स्थित महेन्द्र माध्यमिक विद्यालयले ७२ औँ बार्षिकोत्सव मनाएको छ । वैशाख १ गते शनिबार नयाँ बर्षको दिन विद्यालयले ७२ औँ बार्षिकोत्सव, अभिभावक भेला, विद्यालयको बार्षिक मुखपत्र विमोचन तथा शैक्षिक सत्र २०८० सालको परीक्षाफल प्रकाशन गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले पानसमा बत्ती बालेर र सरस्वतीको फोटोमा फुल टिका अर्पण गरेर उद्घाटन गरेका थिए । साथै प्रमुख अतिथि पन्थीले विद्यालयका संस्थापक प्रेमलाल थापा मगरको शालिकमा माल्यार्पण गरेका थिए ।कार्यक्रमको अवसरमा विद्यालयको बार्षिक मुखपत्र शैल संदेश बर्ष ६२, अकं ४१ को विमोचन गरिएको छ । त्यसैगरी विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले विद्यालयको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।


कार्यक्रममा विभिन्न अक्षकोषदाता, संचार माध्यमबाट विद्यालयलाई सहयोग पु¥याउने पत्रकार, आजिवन विशिष्ट सदस्य, आजिवन सदस्य, पूर्व विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ एवं पूर्व शिक्षकलाई सम्मान गरिएको छ ।

अक्षयकोषदातातर्फ ५५ हजार ५५५ राशिको अक्षयकोष स्थापना गर्ने रेसुङ्गा नगरपालिका– १ का अध्यक्ष रामप्रसाद पन्थी, एक लाख पाँच हजार ५५५ राशिको अक्षयकोषको स्थापना गर्ने रेसुङ्गा नगरपालिका– १ का बसन्तराज गौतम, ९१ हजार १५५ राशिको अक्षयकोष स्थापना गर्ने परशुराम पन्थी, ५० हजार ५५५ राशिको अक्षयकोष स्थापना गर्ने रेसुङ्गा–७ की टेमकला देवी पन्थी, २५ हजार ५२५ राशिको अक्षकोष स्थापना गरेका रेसुङ्गा नगरपालिका–१० का घनश्याम पाण्डे र ५५ हजार ५५५ राशिको अक्षयकोष स्थापना गरेका रेसुङ्गा–८ का मणिराम पाण्डे सम्मानित भएका छन् । अक्षयकोषदाताहरुलाई दोसल्ला, करुवा र सम्मान पत्रले सम्मान गरिएको थियो ।

सञ्चार माध्यमको तर्फबाट विद्यालयको प्रचार–प्रसारमा सहयोग पु¥याएको भन्दै विद्यालयले चार पत्रकारलाई दोसल्ला, करुवा र सम्मान पत्रले सम्मान गरेको छ । जसमा पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, रेडियो समृद्धिका स्टेशन म्यानेजर हुमाकान्त पोखरेल, रेडियो रेसुङ्गाका समाचार प्रमुख मनु सुनार र रेडियो नेपालका संवाददाता सूर्य सुनार रहेका छन् ।

कार्यक्रममा आजिवन विशिष्ट सदस्यहरुको रुपमा रेसुङ्गा–७ का वडासदस्य एवं विद्यालय व्यवस्थापन समिति सदस्य लालप्रसाद पाण्डे, युवराज पाण्डे, कृष्ण प्रसाद पन्थी, रेसुङ्गा–८ का भेषराज पाण्डे, जुद्ध बहादुर बस्नेत, उमाकान्त मरासिनी, रेसुङ्गा–४ का विष्णु केसी, रेसुङ्गा–९ का पदम पन्थी र सीता पाण्डे रहेका छन् ।

आजिवन सदस्यको रुपमा रेसुङ्गा–१ का अर्जुन प्रसाद श्रेष्ठ, तुलाराम पाण्डे, हरीप्रसाद पन्थी, मालिका –२ का रेनु थापा, रेसुङ्गा–५ का शिवलाल खनाल, रेसुङ्गा–९ का उद्धव पन्थी, रेसुङ्गा –७ का कृष्ण खनाल, रेसुङ्गा–१२ का फतबहादुर बस्नेत र भरतपुर महानगरपालिका–१२ का मणिराज दवाडी रहेका छन् ।

पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य मोतिप्रसाद खनाल, पुष्पा पन्थी, सरिता पाण्डे रायमाझी, पूर्व शिक्षक अभिभावक संघ अध्यक्ष डम्बर पाण्डे, सदस्य कुलदिप थापा, मणिराम पाण्डे, पार्वती विश्वकर्मा, धनेन्द्र विश्वकर्मा, रेशम कुँवर र मोनिका कुँवरलाई सम्मान गरिएको छ । पूर्व शिक्षक मीना सारु, रामप्रसाद खनाल र पूर्व विद्यालय सहयोगी बिजुला पन्थी पनि सम्मानित भएको विद्यालयका सूचना अधिकारी शालिकराम पन्थीले जानकारी दिए ।

कार्यक्रमकै अवसरमा विभिन्न शंकायबाट उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यार्थी, उत्कष्ट शिक्षक, उत्कृष्ट अभिभावक, निर्माण व्यवसायी लगायतलाई पनि सम्मान गरिएको छ । शैक्षिक बर्ष २०७९÷८० मा कक्षा १२ मा विज्ञान समूहबाट प्रवीण पोख्रेल, व्यवस्थापन समूहबाट सृजना पन्थी र शिक्षा समूहबाट युवराज मरासिनी सम्मानित भएका छन् । त्यसैगरी रेसुङ्गा–१ का रामलाल पन्थी र कल्पना बस्नेतलाई उत्कृष्ट अभिभावकको रुपमा सम्मान गरिएको छ ।

विद्यालयको भौतिक निर्माणमा सहयोग गर्ने रेसुङ्गा नगरपालिकाका इन्जिनियर कृष्ण कोइराला र निर्माण व्यवसायी विजय खनाल, शैक्षिक बर्ष २०८० मा सर्वाधिक विद्यालयमा हाजिरी गर्ने शिक्षक रञ्जु कुँवर र नरिश्वर पराजुलीलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रमकै अवसरमा विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी पनि सम्मानित भएका छन् । जसमा वरिष्ट शिक्षक युवराज ज्ञवाली, शिक्षक बासुदेव घिमिरे, लेखापाल एवं सूचना अधिकारी शालिकराम पन्थी, शिक्षक बसन्ता केसी, पार्वती केसी, रञ्जु कुँवर, रमा मरासिनी, सरिता श्रीस, विद्यालय कर्मचारी नरिश्वर पराजुली, तोमलाल पाण्डे, मीना विक र चालक सुमन श्रेष्ठ रहेका छन् । विद्यालयका शिक्षक जंगबहादुर थापा र बसन्ती उपाध्यायले धनप्रेम छात्रबृत्ती प्राप्त गरेका छन् । कार्यक्रममा सम्बन्धित अक्षयकोषदाताहरुबाट विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिएको थियो ।

शैक्षिक बर्ष २०७९ मा एसइईमा आफुले अध्यापन गराएका विद्यार्थी सत प्रतिशत उत्तिर्ण गराएकोमा रोम बहादुर विश्वकर्मा, मीना पन्थी, गिरीप्रसाद खनाल, दिलिपकुमार थापा, खिमलाल पन्थी, जंगबहादुर थापा, दिपक पाण्डे, कृष्ण प्रसाद मरासिनी, लक्ष्मी पन्थी अर्याल, उत्तम बहादुर खत्री, र खुमानन्द घिमिरे सम्मानित भएका छन् ।

कार्यक्रमकै अवसरमा अतिथि र प्रमुख अतिथिहरुलाई मायाको चिनो प्रदान गरिनुका साथै बीच–बीचमा विद्यार्थी तथा शिक्षकहरुको नृत्य पनि प्रस्तुत गरिएको थियो । त्यसैगरी शैक्षिक सत्र २०८० मा कक्षा बालविकास देखि ९ सम्मको नजिता प्रकाशन तथा उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष एवं विभिन्न तहका जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकार, शिक्षक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, विभिन्न छात्रवृत्ती अक्षयकोषका संस्थापकहरु, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष शालिकराम पन्थीको अध्यक्षता, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीको प्रमुख आतिथ्यता, विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी पन्थी अर्यालको स्वागत मन्तव्य तथा विद्यालयका सूचना अधिकारी शालिकराम पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा