युडब्लुएसले तीन दिनसम्म मनायो वातावरण दिवस

गुल्मी, २५ जेठ ।
गुल्मीमा युडब्लुएस नेपालले तीन दिनसम्म विविध कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । ‘भूमिको पुनरुत्थान, मरभूमिकरण र खडेरी प्रतिको उत्थानशिलता (हाम्रो भूमि, हाम्रो भविष्य)’ भन्ने नाराका साथ युडब्लुएसको केन्द्रीय कार्यक्रमअनुसार गुल्मीका १९ वटा विद्यालयमा विविध कार्यक्रम गरी दिवस मनाएको हो ।

जसअनुसार यही जेठ २३, २४ र २५ गते सरसफाई, ¥याली, प्लास्टिकको कम प्रयोग गर्नेसम्बन्धि जनचेतनामुलक कार्यक्रम, सडक नाटक लगायतका कार्यक्रम विद्यालयहरुमा सम्पन्न भएका युडब्लुएस गुल्मीका स्कूल मोबिलाइजर भेषराज अधिकारीले जानकारी दिए । त्यसैगरी मनसुनको पानी जम्मा गर्ने तरिका, चराचुरुङ्गीको लागि पानीको व्यवस्था लगायतका बिषयमा विद्यार्थीहरुलाई प्रयोगात्मक विधिबाट प्रशिक्षण गराइएको छ ।

त्यसैगरी केही विद्यालयमा पोखरी पनि खनिएको छ । युडब्लुएस गुल्मीका शिक्षा अधिकृत अनुज सिग्देलका अनुसार यस कार्यक्रमबाट जिल्लाका दुई हजार ६०१ जना लाभाम्बित भएका छन् । यो अभियानले हरित तथा सुरक्षित भविष्यका लागि दीगो अभ्यासहरुको सचेतना प्रवद्र्धनका लागि भूमिका खेल्ने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा