तेक्वान्दोका प्रशिक्षक तथा स्काउटका बुटवल प्रमुख आयुक्त खरेल सम्मानित

गुल्मी ३० जेठ । खेलकुद तथा स्काउटको माध्यमबाट योगदान पु¥याएको भन्दै तेक्वान्दो खेलका अन्तराष्ट्रिय प्रशिक्षक नेपाल स्काउट बुटवल उपमहानगरपालिका प्रमुख आयुक्त तथा विपद् व्यवस्थापन आकस्मिक उद्धारकर्ता नवराज खरेललाई सम्मान गरिएको छ । उनलाई नगद, मायाको चिनो, सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

चन्द्रकोट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शान्तिपुर, गुल्मीले चन्द्रकोट गाउँपालिका तथा समग्र मुलुकको खेलकुद क्षेत्र एवं सामाजिक कार्यको माध्यमबाट अतुलनीय योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरेको हो । चन्द्रकोट गाउँपालिका वडा नं. १ घर भएका खरेललाई अन्तर वडा स्तरीय दोसो अध्यक्षकप भलिबल प्रतियोगिता–२०८१ को अवसरमा नगद पुरस्कार रु.२० हजारसहित सम्मान पत्र प्रदान गरिएको छ ।

खरेलको संक्षिप्त जीवनी चन्द्रकोट गाउँपालिकाले प्रकाशित गरेको हाम्रो चन्द्रकोट पुस्तक पालिकामा अध्यापन हुँदै पनि आएको छ । पालिकाले आगामी दिनमा समेत सामाजिक तथा खेलकुद क्षेत्रमा निरन्तर योगदानको अपेक्षा गरेको जनाएको छ । उनलाई पालिकाका अध्यक्ष युवराज खत्री क्षेत्री, उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, गाउँपालिका प्रवक्ता एंव वडा अध्यक्ष घनश्याम खरेल, वडा अध्यक्ष कमल केसीलगायत ८ वटै वडाका वडा अध्यक्ष हरु प्रमुख प्रशासकीय अधिकृतलगायतले सम्मान गरेका थिए ।

स्काउट बुटवल उपमहानगरपालिका प्रमुख आयुक्त समेत रहेका स्काउट मास्टर तथा खेलकुद प्रशिक्षक खरेल बिगत १५ बर्ष देखि नेपाल स्काउटको क्षेत्र र सामाजिक काम गर्दै आएका छन् । नेपाल स्काउटको बिपद ब्यवस्थापन आकस्मिक उद्धारकर्ता र खेलकुद को क्षेत्रमा कार्यरत उनी बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रिता माविमा स्काउट मास्टर तथा खेलकुद प्रशिक्षणको रुपमा कार्यरत छन् ।

उनले जाजरकोटको भुकम्प पीडित क्षेत्रमा स्वयंसेवक रुपमा विभिन्न सहयोगको काम समेत गरेका थिए । जाजरकोटमा भुकम्प प्रभावित क्षेत्रमा काममा खटिएका बेला उनले आफ्नो जन्म दिनमा भुकम्पपीडितलाई आर्थिक सहयोग समेत गरेका थिए । खरेलले २०७८ फागुन ७ बाट बैवाहिक जीवन शुरु गर्दा पनि बिवाहमा हुने खर्च बचत गरी अक्षयकोष स्थापना गरेका थिए ।

उनले रुरु क्षेत्र ४ बलेटक्सार घर भएकी ( स्काउट मास्टर) विद्या खड्कासँग प्रेम विवाह गरेका थिए । विद्यासँगको सल्लाहमा नवराजले बिवाहमा हुने केही खर्च बचत गरी २०७८ फागुनमा गुल्मीको सारदा माविमा अक्षयकोष स्थापना गरेका थिए । खेलकुद र स्काउटका लागि यो जोडीले ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा