पालुखा माविमा अभिभावक भेला सम्पन्न

गुल्मी, ३० जेठ ।
गुल्मीको इस्मा गाउँपालिका–२ स्थित पालुखा माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ । बुधबार विद्यालयमा सम्पन्न भेलाले बालविकासदेखि कक्षा १० सम्मका विद्यार्थीहरुको नजिता प्रकाशन गरेको छ । पालुखा माविले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिको लागि चालु शैक्षिक सत्रबाट प्रत्येक महिनाको अन्तिममा परीक्षा लिने गरेको छ । सोही परीक्षाको परीक्षाफल बुधबार प्रकाशन गरिएको प्रध्यानाध्यापक बाबुराम खत्रीले जानकारी दिए ।

वैशाख महिनाको भन्दा नजितामा जेठ महिनामा केही सुधार आएको प्रध्यानाध्यापक खत्रीको भनाई छ । कार्यक्रमकै अवसरमा विद्यार्थीहरुले आफैले बनाएको सेल, अचार लगायतका खाजा पनि वितरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्रीले शैक्षिक सुधारको लागि विद्यालयको गतिविधि प्रशंसनीय रहेको भन्दै आगामी दिनमा विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।


त्यसैगरी विशेष अतिथि इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले विद्यालयले माग गरेका क्षेत्रमा गाउँपालिकाबाट रकम बिनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रमा प्रध्यानापक खत्रीले स्वागत मन्तव्य राख्दै शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा इस्मा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शेर बहादुर कुँवर, वडा नम्बर २ का वडाध्यक्ष लोकनाथ कुँवर लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर जिसीको अध्यक्षता तथा शिक्षक भुपाल केसीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा