फोर्टिन स्टार युवा क्लवको अध्यक्षमा आचार्य सर्वसम्मत

गुल्मी, ०१ असार । फोर्टिन स्टार युवा क्लव, रेसुङ्गा नगरपालिका, गुल्मीको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार सदरमुकाम तम्घासमा सम्पन्न अधिवेशनले नारायण आचार्यको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्षमा किरण राज भण्डारी, सचिवमा अर्जुन मरासिनी, कोषाध्यक्षमा प्रकाश जिसी र सह–सचिवमा गीता राना निर्वाचित भएका छन् । सदस्यहरुमा जया कुँवर, घनश्याम टन्डन, विरेन्द्र केसी, बवित सिहं बुढाथोकी, मोहन सिहं बस्नेत, बिमल परियार, किसन टण्डन र मिलन पौडेल रहेका छन् ।

त्यसैगरी पदेन सदस्यमा बिक्रम सिहं बुढाथोकी रहेका छन् । ०६७ सालमा स्थापना भएको क्लव खेलकुदका साथसाथै सामाजिक कर्ममा पनि क्रियाशिल छ । क्लवले जिल्लास्तरीय भलिबल एवं फुटबल प्रतियोगिताको आयोजना गर्ने, सदरमुकाम तम्घासमा प्रवेश गर्ने मुख्य ठाउँमा जनचेतनामुलक होर्डिङ बोर्ड राख्ने लगायतका काम गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा