धुर्कोटको नीति तथा कार्यक्रम पेश ः यस्ता छन् नयाँ कार्यक्रम

हुमाकान्त पोखरेल

गुल्मी, ०५ असार । गुल्मीको धुर्कोट गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि नीति तथा कार्यक्रम पेश गरेको छ । बुधबार सम्पन्न धुर्कोट गाउँपालिका, गाउँसभाको १५ औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले पालिकाको नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

आगामी आर्थिक बर्षका लागि गाउँपालिकाले छिटो आगलागी हुने सल्लाको रुख हटाई अन्य बिरुवा रोपण गर्ने कार्यलाई प्रोत्साहन गर्ने, वडा नम्बर ३, ५ र ७ लाई ‘एक घर एक धारा’युक्त पालिका घोषणा गर्ने, कृषिमा अनुकुलनको सिद्धान्त लागु गर्ने, सुन्तला खेतीको विस्तार गर्दै गुणस्तरीयतामा समेत बृद्धि गर्ने, रैथाने बालिहरुको संरक्षण गर्ने नीति लिएको छ ।

त्यसैगरी जग्गाको एकीकरण र बर्गिकरण गर्ने, कृषि पकेट क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्ने, भूमीको चक्लाबन्दी गर्ने कार्यलाई प्रोत्साहन गर्ने, परम्परागत कृषि उपजहरुको बिक्रीको ग्यारेन्टी गर्ने नीति धुर्कोटले लिएको छ ।

पशुपालनतर्फ नश्लसुधारका कार्यक्रम संचालन गर्ने, किसानहरुको व्यवसायिक क्षमता बृद्धि गर्ने, आफ्नै परिवार बाहेक अन्य व्यक्तिलाई रोजगारी दिने कृषि फर्मलाई मजदुरको सेवा सुविधामा विशेष सहयोग गर्ने, कृषि पाठशाला कार्यक्रम संचालन गर्ने, कृषि बीमामा प्रदान गरिदैँ आएको अनुदानलाई निरन्तरता दिने कार्यक्रम ल्याएको छ ।

लैङ्गिक दृष्टिकोणले पछाडी परेका सहकारीमा आवद्ध महिलाहरुलाई व्यवसाय संचालन गर्ने आवश्यक सीप प्रदान गर्ने, सहकारीमा निक्षेपकर्ताहरुको हीत संरक्षणका लागि विशेष अनुगमन गर्ने, महिलाद्धारा संचालित एवं उत्पादनमुलक सहकारीलाई प्रोत्साहन गर्ने, कृषि उत्पादन, भण्डारण, प्रशोधन तथा बजारीकरण र कृषि सामग्रीको आपूर्तिमा सहकारी संस्थाहरुलाई अब्बल बनाउने, औद्योगिक ग्रामको निर्माण कार्यलाई तिब्र रुपमा अगाडी बढाउने नीति धुर्कोटको छ ।

गाउँपालिकाले आगामी आर्थिक बर्षमा स्थानीय उत्पादनको उपभोग र प्रवद्र्धनमा जोड दिने, पालिकाभित्र तामा, फलाम लगायतका खानीको अनुसन्धानका लागि प्रदेश सरकारसँग पहल गर्ने, पर्यटकीय पूर्वाधारलाई थप व्यवस्थित गर्ने, पालिकाभित्र भ्रमण गर्ने पर्यटकहरुको तथ्याकं राख्ने, घरबास पर्यटनलाई जोड दिने नीति लिएको छ ।

त्यसैगरी पालिका केन्द्र बर्बोटमा जनयुद्ध पार्क निर्माण कार्य सम्पन्न गर्ने, होमस्टेको प्रवद्र्धन गर्ने धुर्कोट गाउँपालिकाको नीति रहेको छ । पालिकाका पर्यटकीय स्थलहरुको डकुमेन्ट्री निर्माण गर्ने, महिला समुहद्धारा संचालन गरिने पर्यटकीय क्रियाकलापमा जोड दिने, बेरोजगारलाई रोजगारिको अवसर सिर्जना गर्ने, श्रमलाई सीप र सीपलाई राजगारसँग जोड्ने, युवालक्षित रोजगारका कार्यक्रम संचालन गर्ने लक्ष्य पनि पालिकाले लिएको छ ।

पालिकाभित्र रोजगार बैंक स्थापना गर्ने, शिक्षण सिकाई क्रियाकलाप आधुनिक प्रविधिमैत्री बनाउने, एक विद्यार्थी एक विद्यालय र एक विद्यालय एक बगैचा कार्यक्रम संचालन गर्ने, विभिन्न शैक्षिक प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिने, विद्यालयमा बालमैत्री एवं अपाङ्गमैत्री संरचना निर्माण गर्ने, पढ्दै कमाउदैँ कार्यक्रम संचालन गर्ने, पालिकास्तरीय खेलकुद विकास समतिको गठन गर्ने पालिका अध्यक्ष पोखरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

धुर्कोट गाउँपालिकाले आगामी आर्थिक बर्षमा स्थानीय स्तरमा विभिन्न खेलकुदका कार्यक्रम संचालन गर्ने, सबै स्वास्थ्य संस्थाहरुमा ल्याब सेवा सुरु गर्ने, मानसिक स्वास्थ्य, मुख, आँखा, नाक, कान, घाँटी लगायतका सेवा विस्तार गर्ने, आर्थिक अभावले स्वास्थ्य बीमा गर्न नसक्ने परिवारलाई १० दिनको रोजगारी दिने नीति लिएको छ ।

पालिकाभित्र संचालन भएको खानेपानीका आयोजनाको मुहान दर्ता अनिवार्य गर्ने, लैङ्गिक समानतासम्बन्धि विभिन्न कार्यक्रमहरु संचालन गर्ने, खाद्यान्न सामग्री अपुग भएका परिवारलाई खाद्यान्नको व्यवस्था गर्ने, बालमैत्री स्थानीय शासन पालिका घोषणा गर्नका लागि आवश्यक कार्यक्रम संचाल गर्ने, यातायात गुरुयोजना अनुसार सडकको स्तरोन्नती र प्राथमिकीकरण गर्ने, सिंचाई तथा जलस्रोत संरक्षणका लागि उपयुक्त ठाउँमा ठुला रिचार्ज पोखरीहरु निर्माण गर्ने, वडा नम्बर ३ र ७ मा नयाँ वडा कार्यालय निर्माण गरी सेवा संचालन गर्ने, पालिकाका महत्वपूर्ण स्थानहरुमा सौर्य सडक बत्तिको व्यवस्था गर्ने लगायतका नीति तथा कार्यक्रम पालिका अध्यक्ष पोखरेलले गाउँसभामा पेश गरेका छन् ।

गाउँपालिकालाई सूचनामैत्री बनाउने, सबै विद्यालयमा इन्टरनेटको पहुँच पु¥याउने, सार्वजनिक स्थलमा वर, पिपल र स्वामीका विरुवाहरु रोपण गर्ने, वडा कार्यालय, प्रमुख टोल र प्रहरी चौकीमा आपतकालिन उद्धार सामग्रीहरु भण्डारण गर्ने, वडाको कार्यसम्पादनको आधारमा थप बजेटको व्यवस्था गर्ने, हरेक शुक्रबार समिक्षा बारको रुपमा कार्यान्वयन गर्ने लक्ष्य पनि गाउँपालिकाको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा