रुरुक्षेत्रका किसानलाई बाख्रा र बीउ बोका वितरण

गुल्मी, १२ असार ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका किसानहरुलाई बाख्रा र बोका वितरण गरिएको छ । रुरुक्षेत्र गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नव प्रभाव युवा संघ गुल्मीद्धारा संचालित रुरु कृषि परियोजना अन्तरगत रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ बोटेगाउँमा बाख्रा र बोका वितरण गरिएको हो ।

जसमा बोटेगाउँमा रहेको माझगाउँ महिला स्वावलम्बी समुहमा २० वटा बाख्रा र मिलनसार महिला स्वावलम्बी समुहमा १७ वटा बाख्रा वितरण गरिएको छ । प्रत्येक समुहलाई एक÷एक वटा बीउ बोका पनि वितरण गरिएको रुरु कृषि परियोजनाका परियोजना संयोजक प्रकाश चालिसेले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले नागरिकको आर्थिक जिवनस्तर बृद्धि गर्न साझेदार संस्थाले गरेको कार्यको प्रशंसा गर्दै गाउँपालिका सधै किसानको साथमा रहेको बताए । त्यसका साथै उनले पालिकाले सडक, कृषि, पशु लगायतका आर्थिक विकासका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको पनि जानकारी दिए । कार्यक्रममा बोल्दै हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत डाक्टर लेखनाथ अधिकारीले बाख्रापालन पेशालाई स्थानीयको आम्दानीको मुख्य स्रोत बनाउन बाख्रा वितरण गरिएको बताए ।

कार्यक्रममा नवप्रभाव युवा संघका कार्यकारी निर्देशक धातानन्द भुसाल, वडासदस्य राजकुमार श्रेष्ठ र सिद्धिनाथ श्रेष्ठ, गाउँपालिकाका पशु विकास अधिकृत अमित ज्ञवाली, हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत पारस विक, पशु प्राविधिक प्रेम बुढा, परियोजनाका लेखापाल प्रकाश पौडेल, प्राविधिक संयोजक शशि भुसाल, सामुदायिक सहजकर्ता सीता घिमिरे, आशा केसी, शंकर पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मिलनसार महिला स्वावलम्बी समुहकी अध्यक्ष धनकला पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा