spot_imgspot_img

मदानेमा उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालय सम्मानित

गुल्मी ।
गुल्मीको मदाने गाउँपालिकाले पालिकाका उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । सोमबार पृथ्वी माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले सम्मान गरेको हो । कार्यक्रमकै अवसरमा पालिकाले स्वेच्छिक अवकाश लिने तीन जना शिक्षकलाई नगदसहित सम्मान गरेको छ ।

घनश्याम भट्राई र पवित्रा अर्याललाई नगद एक÷एक लाख एवं हरिलाल रेग्मीलाई ५० हजार सहित सम्मान पत्र, टिका र खादाले सम्मान गरिएको हो । त्यसैगरी उत्कृष्ट कार्यसम्पादन गर्ने प्रत्येक विद्यालयका एक÷एक शिक्षक गरी कुल ४४ जना शिक्षकलाई नगदसहित सम्मान पत्र, टिका र खादाले सम्मान गरिएको प्रमुख प्रशासकीय अधिृकत शालिकराम पन्थीले जानकारी दिए ।

उपाध्यक्षसँग शिक्षा कार्यक्रमअन्तरगत प्रत्येक विद्यालयबाट एक÷एक जना विद्यार्थीका दरले ४४ जना विद्यार्थीले छात्रबृत्ति प्राप्त गरेका छन् । त्यसैगरी प्रतिभा प्रस्फुटनअन्तरगत प्रत्येक वडाबाट तीन÷तीन जनाका दरले सातवटा वडाबाट २१ जना विद्यार्थी पुरस्कृत भएका छन् । केही दिन अघि प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट जिपिए प्राप्त गर्ने १३ विद्यार्थी पुरस्कृत भएका छन् ।

जसमा छात्र, छात्रा, दलित र बालिविज्ञानका विद्यार्थी रहेका छन् । त्यसैगरी सिकाई उपलब्धि परीक्षणबाट १३ विद्यार्थी पुरस्कृत भएको पालिकाका स्रोत व्यक्ति खिम कुँवरले जानकारी दिए । गाउँपालिकाले बनाएको सूचकका आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने पाँच विद्यालय पनि सम्मानित भएका छन् । जसमा दिपक माध्यमिक विद्यालय, मेहलेपाखरी माध्यमिक विद्यालय, जनसेवा निम्न माध्यमिक विद्यालय, पञ्जमीपोखरी प्राथमिक विद्यालय र मुलपानी प्राथमिक विद्यालय रहेका छन् ।

सिकाई उपलब्धि परीक्षणबाट १३ विद्यालय पुरस्कृत भएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्री, पालिका अध्यक्ष महेन्द्र बहादुर कुँवर लगायतले सम्बन्धित विद्यार्थी, शिक्षक एवं विद्यालयलाई सम्मान पत्र, नगद र खादाले सम्मान गरेका थिए ।

शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउदैँ गुणस्तरीय शिक्षामा टेवा पु¥याउने उदेश्यले विद्यार्थी, विद्यालय र शिक्षकहरुलाई हौसला प्रदान गर्नको लागि कार्यक्रमको अयोजना गरिएको उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका खत्रीले शैक्षिक गुणस्तरमा मदानेले लिएको कदम प्रशंसनीय रहेको भन्दै अहिलेको एसइई नजिताको बिषयमा समिक्षा गर्नुपर्ने बताए ।

विशेष अतिथि जिल्ला शिक्षा तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीले शैक्षिक गुणस्तर बृद्धिका लागि राज्यस्तरबाट थप नयाँ कार्यक्रम आउनुपर्ने धारणा राखे । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, पालिकाका कर्मचारीहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा