रेसुङ्गा मावि ः गुल्मीमा सबैभन्दा बढी विध्यार्थी उत्तीर्ण गराउने विध्यालय

हुमाकान्त पोखरेल, गुल्मी ।
केही दिनअघि प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नजितामा गुल्मीको रेसुङ्गा नगरपालिका –०२ स्थित रेसुङ्गा माध्यमिक विध्यालय जिल्लामा सबैभन्दा बढी विध्यार्थी उत्तीर्ण गराउने विध्यालय बनेको छ । २०८० सालको एसइईमा रेसुङ्गा माविबाट कुल ८३ विध्यार्थी सहभागी भएका थिए ।

जसमा ६९ जना अर्थात ८३.१३ प्रतिशत विध्यार्थी उत्तीर्ण भएका छन् । विध्यालयबाट साधारणतर्फ ५५ विध्यार्थी सहभागी भएकोमा ४८ जना अर्थात ८७.२७ प्रतिशत र प्राविधिकतर्फ २८ विध्यार्थी सहभागी भएकोमा २१ जना अर्थात ७५ प्रतिशत उत्तीर्ण भएको विध्यालयका सहायक प्रध्यानाध्यापक राम बहादुर बस्नेतले जानकारी दिए ।

एसइई नतिजामा रेसुङ्गा मावि प्रतिशतका आधारमा जिल्लामा दोस्रो र विध्यार्थी संख्याका आधारमा जिल्लामा पहिलो विध्यालय बनेको रेसुङ्गा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पिताम्बर पन्थीले जानकारी दिए । रेसुङ्गा माविको विगतको नजिताले पनि पछिल्लो समय विध्यार्थी संख्यामा समेत बृद्धि हुँदा एसइई दिने विद्यार्थीहरु बढी भएका हुन् ।
उत्तीर्ण ६९ जना विध्यार्थीहरूमध्ये आस्था पोखरेल र विपना पन्थीले सबैभन्दा बढी समान ३.८२ जिपिए प्राप्त गरेका छन् । बाँकी १५ जनाले ३.६ जिपिएभन्दा माथि, १८ जनाले ३.२ देखि ३.६ जिपिए, २८ जनाले २.८ देखि ३.२ जिपिए, र छ जनाले २.४ देखि २.८ जिपिए प्राप्त गरी एसइई उत्तीर्ण गरेको छन् ।

एसइईमा संलग्नमध्ये औषतमा विद्यार्थीहरुले नेपालीमा ३.१४, अंग्रेजीमा २.९९, गणितमा २.६५ र विज्ञानमा २.२१ ग्रेड जिपिए प्राप्त गरेको प्रध्यानाध्यापक भागिरथ भण्डारीले बताए । उत्तीर्ण विद्यार्थीहरुलाई विद्यालयले मंगलबार एक कार्यक्रमको अयोजना गरी सम्मान समेत गरेको छ ।

उत्तीर्ण सबै विद्यार्थीहरुलाई मेडल, टिका र खादाले रेसुङ्गा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पिताम्बर पन्थी, विद्यालय व्यवस्थापन समति अध्यक्ष शेर बहादुर थापा, प्रध्यानाध्यापक भागिरथ भण्डारी लगायतले सम्मान गरेका थिए । यस बर्षको एसइईमा ऐच्छिक गणितमा १६ र गणितमा १७ जनाले ए प्लस ल्याएका छन् ।

ए प्लस ल्याउने विद्यार्थीहरुलाई प्रध्यानाध्यापक भागिरथ भण्डारी, सहायक–प्रध्यानाध्यापक राम बहादुर बस्नेत र शिक्षक देवराज अर्यालले प्रोत्साहनस्वरुप एक÷एक हजार प्रदान गरेका छन् ।

कार्यक्रमकै अवसरमा ०८० सालको कक्षा ८ को नगरस्तरीय परीक्षामा चार जिपिए प्राप्त गर्ने सात जनालाई नगरको पुरस्कार पनि प्रदान गरिएको छ । कक्षा ८ मा सदिक्षा मरासिनी, दीक्षा पोखरेल, बसन्त पाण्डे, कृपा बस्नेत, सुवास्ना श्रेष्ठ, श्रृजित लम्साल र ऋषव चन्दले चार जिपिए प्राप्त गरेका थिए ।

त्यसैगरी शैक्षिक सत्र २०८० सालको कक्षा ११ को परीक्षामा विज्ञान, व्यवस्थापन र सिभिल तर्फका विद्यार्थीहरुलाई पनि पुरस्कार प्रदान गरिएको छ । २०२५ सालमा स्थापना भएको रेसुङ्गा माध्यमिक विद्यालय शैक्षिक गुणस्तरमा अब्बल बन्दै गएको छ । त्यसैगरी विगतका परीक्षामा पनि राम्रो नजिताका साथ विद्यार्थीहरु उत्तीर्ण हुने गरेका छन् । ०७८ सालको एसइईमा आशिष बस्नेत र ०७५ सालको एसइईमा सागर पुरीले चार जिपिए प्राप्त गरेका थिए ।

कक्षा ९ बाट प्राविधिकतर्फ सिभिल इन्जिनियरिङ्ग शिक्षा संचालन गरेको विद्यालयमा कक्षा १२ सम्म नै अंग्रेजी माध्यमबाट पठन–पाठन हुने विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेर बहादुर थापाले जानकारी दिए । विद्यालयमा शिक्षकको नियमित लगाव, विद्यार्थीको मिहीनेत र समुदायको राम्रो सहयोग हुँदा नजिता राम्रो आउन सफल भएको व्यवस्थापन समति अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा