spot_imgspot_img

दिब्रुङ्गद्धारा सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरु सम्मनित

गुल्मी ।
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ दिब्रुङ्गले विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई सम्मान गरेको छ । वडा कार्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी वडाका महिला स्वास्य स्वयम् सेविकालाई करुवा र सम्मान पत्रले सम्मान गरेको हो ।

त्यसैगरी वडाभित्रका उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित सम्मान पत्र, राष्ट्रिपति रनिङ्ग शिल्डमा जिल्ला र पालिकाबाट पदक प्राप्त विद्यार्थीहरुलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ । वडा कार्यालयले उत्कृष्ट बुहारीको रुपमा देवा खराल, जमुना विक र सुमित्रा खरेललाई सम्मानित गरेको छ ।

त्यसैगरी उत्कृष्ट शिक्षकको रुपमा रामप्रसाद अर्याल, डिलाराम खरेल, शोभा कुमारी कार्की, नेत्र बहादुर बलाल, सिर्जना बलाल, सावित्रा पौडेललाई सम्मान गरेको छ । समय अगावै काम सम्पन्न गर्ने उपभोक्ता समिति, समाजसेवी, वडा कार्यालयका उत्कृष्ट कर्मचारीको रुपमा राजन सुनार, सव–इन्जिनियर लिलबहादुर काला, उत्कृष्ट स्वास्थ्यकर्मी विष्णु बहादुर थापा, वडाका विद्यालय एवं विभिन्न कार्यालयबाट सेवानिवृत्त भएका शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको वडाध्यक्ष घनश्याम खरेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष युवराज केसीले चन्द्रकोट गाउँपालिका वडा नम्बर १ दिब्रुङ्ग कार्यसम्पादनका हिसाबले पालिकामै उत्कृष्ट वडा भएको बताए । साथै सम्मानित हुने सबैलाई बधाई दिदैँ केसीले वडा तथा पालिकाको विकासमा हातेमालो गर्न आग्रह गरे ।

कार्यक्रमम गाउँपालिका उपाध्यक्ष विष्णु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, घरेलु तथा सना उद्योग विकास कार्यालयका प्रमुख सुरेन्द्र भण्डारी, जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिृकत नारायण घर्ती, प्रहरी निरीक्षक राम बहादुर केसी लगायतको पनि आतिथ्यता रहेको थियो । कार्यक्रम वडाध्यक्ष घनश्याम खरेलको अध्यक्षता, वडासदस्य गोपाल अर्यालको स्वागत मन्तव्य तथा वडा सचिव दुर्गा प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा