आमाको स्मृतीमा छात्रबृत्ति अक्षयकोष स्थापना

गुल्मी ।
गुल्मीमा आमाको स्मृतिमा छोराहरुले विद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर २ का पूर्व वडाध्यक्ष समेत रहेका टिका बहादुर रेश्मी, नर बहादुर रेश्मी, धन बहादुर रेश्मी र अनन्द रेश्मीले स्व. आमा इश्वरादेवी रेश्मीको स्मृतिमा एक लाख ११ हजार १११ रुपैँया इस्मा गाउँपालिका –२ स्थित पालुखा माध्यमिक विद्यालयमा अक्षयकोष स्वरुप स्थापना गरेका छन् ।

सोमबार सम्पन्न विद्यालयको अभिभावक भेलाको अवसर पारेर परिवारको तर्फबाट टिका बहादर रेश्मीले विद्यालय व्यवस्थापन समति अध्यक्ष कृष्ण बहादुर जिसी, प्रध्यानाध्यापक बाबुराम खत्री लगायत विद्यालयलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

उक्त रकमलाई बैंकको मुद्धती खातामा राखी त्यसबाट प्राप्त हुने ब्याजबाट विद्यालयको बार्षिकोत्सवको दिन जेहेनदार एवं विपन्न विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने विद्यालयका शिक्षक बाबुराम खत्रीले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा