आँगनका चालकलाई प्रशिक्षण

हुमाकान्त पोखरेल
गुल्मी । गुल्मीमा आँगन यातायत प्रा.लि.का सवारी चालकहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । बुधबार सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई प्रशिक्षण दिइएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला ट्राफिक प्रहरी प्रमुख ज्ञानेन्द्र शर्माले उनीहरुलाई सवारी चलाउदा ध्यान दिनुपर्ने कुराहरु, ट्राफिक नियम लगायतको बिषयमा जानकारी गराएका थिए ।

साथै बिलबुक र लाइसेन्स समयमै नविकरण गर्ने, सवारीको कागजात साथमै राखेर हिड्ने, जरिवाना काट्ने अवस्था, जरिवाना तिर्ने प्रणाली लगायतको बिषयमा शर्माले जानकारी गराएका थिए । त्यसैगरी पुलमा कहिल्लै पनि ओभरट्याग नगर्ने, सडकमा यात्रुलाई प्राथमिकता दिने, उकालोमा जाँदै गरेको सवारीलाई प्राथमिकता दिने, उकालो–ओरालो र घुम्तीमा विशेष ध्यान दिने, तोकिएको गतिमा मात्रै सवारी गुडाउने, शहरमा ट्राफिक चिन्ह वा जेब्राक्रसिङ आउनुभन्दा कम्तिमा ४०÷५० मिटर वरबाटै गति कम गर्ने लगायतका कार्य गरेमा सवारी दुर्घटनामा कमी आउने बताए ।


आँगन यातायात प्रा.लि.ले पछिल्लो समय ११ सिट क्षमताका १५ वटा विद्युतीय सावरी संचालनमा ल्याएको छ । नियमित रुपमा तम्घास–बुटबल, तम्घास–सन्धिखर्क, धुर्कोट–बुटबल, तम्घास–वामी लगायतका स्थानमा उक्त सवारी चल्ने गर्दछन् । तम्घासदेखि बुटबलसम्मको भाडा पाँच सय ६५ तोकिएको आँगन यातायात प्रा.लि.का अध्यक्ष गोपाल थापाले बताए ।

सवारी चार्जको लागि प्रा.लि.ले तम्घास र पाल्पामा चार्जिङ स्टेशन राखेको छ भने बुटबलमा अन्य कम्पनीसँगको समन्वयमा चार्ज गर्ने व्यवस्था मिलाएको छ । तम्घासबाट बुटबलसम्मको लागि बिहान ५ः४५ देखि मध्यान्ह ३ बजेसम्म आँगनका सवारी छुट्ने गर्दछन् ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको तथा स्वदेशमै उत्पादन भएको विद्युत खपत गरी सवारी संचालन गर्न सकिने भएकोले गुल्मीमा इलोक्ट्रोनिक सवारी संचालन गरिएको संचालक समिति सदस्य महेश्वर घिमिरेले जानकारी दिए । विद्युतीय सवारीमा ३२ जना शेयर सदस्यले तीन करोड तथा नबिल बैंकले तीन करोड ७५ लाख गरी कुल छ करोड ७५ लाख लगानी रहेको घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा