गुल्मी, साउन ०३ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुल्मी उप-शाखाले अपांगता भएका तथा बहिरा विद्यार्थीहरूलाई शैक्षिक सामग्री एवं झाेला वितरण गरेको छ । बिहीबार गुल्मीको रेसुङ्गा नगरपालिका -०९ मा रहेकाे उपल्लो तम्घास माध्यमिक विद्यालयका ३२ जना अपांगता एवं बहिरा विद्यार्थीहरूलाई एक/एक वटा झाेला तथा शैक्षिक सामग्री वितरण गरेको हाे ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विद्यार्थीहरूलाई उक्त सामग्री वितरण गरिएकाे गुल्मी उप-शाखा प्रमुख हरि बहादुर के सी ले जानकारी दिए । विद्यालयले विगत लामाे समयदेखि अपांगता एवं बहिरा भएका विद्यार्थीहरूलाई अध्यापन गराउदैँ आएको छ । अध्यापन कार्यमा विद्यालय एवं अध्ययन कार्य विद्यार्थी तथा अभिभावकहरूलाई सहज हाेस् भन्ने उदेश्यले सामग्री प्रदान गरिएकाे उप-शाखा प्रमुख के सी काे भनाई छ ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि समेत रहेका रेसुङ्गा नगरपालिका -०९ का वडाध्यक्ष कृष्ण प्रसाद पाण्डेले विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने नेपाल लाइफलाई धन्यवाद दिदैँ अन्य संस्थाहरूलाई पनि अपांगता तथा बहिरा विद्यार्थीहरूलाई सहयाेग गर्न आग्रह गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मधु प्रसाद गाैतम, नालीबेली न्यूज डट कमका संचालक दिपेन्द्र खत्री, उप-शाखाका कर्मचारी मदन भण्डारी, विद्यालयमा अध्ययनरत शिक्षक एवं विद्यार्थीहरूकाे सहभागीता रहेको थियाे । कार्यक्रम नेपाल लाइफ इन्याेयाेरेन्स गुल्मी उप शाखा प्रमुख केसीकाे अध्यक्षता, वडाध्यक्ष पाण्डेकाे प्रमुख आतिथ्यता एवं पत्रकार मनाेज कार्कीकाे संचालनमा सम्पन्न भएको थियाे ।