अखिल (क्रान्तिकारी)द्धारा रेसुङ्गा बहुमुखी क्याम्पसमा बृक्षारोपण

गुल्मी, १८ साउन । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समन्वय समिति गुल्मीले सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बुहुमुखी क्याम्पसमा बृक्षारोपण गरेको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी संगठनले धुपी लगायत अन्य फुलका बिरुवाहरु क्याम्पस प्राङ्गणमा लगाएको हो । संगठनले आगामी भदौ १५ गते जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा १९ औँ जिल्ला सम्मेलनको आयोजना गरेको छ । उक्त सम्मेलनको पूर्वसन्ध्यामा रेसुङ्गा बहुमुखी क्याम्पसमा बृक्षारोपण गरिएको संगठनका जिल्ला अध्यक्ष राजन पोखरेलले जानकारी दिए ।

बृक्षारोपण कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विर बहादुर कार्की, संगठनका पूर्व लुम्बिनी प्रदेश अध्यक्ष एवं चन्द्रकोट गाउँपालिका–१ का वडाध्यक्ष घनश्याम खरेल, क्याम्पस प्रमुख हरी बहादुर खत्री लगायतका पार्टी र संगठनका नेताहरु, क्याम्पसका उप–प्रध्यापकहरु, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

हेर्नुहोस् केही तस्विरहरु ः

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा