प्राज्ञिक विद्यार्थी परिषद्ले गुल्मीसहित १६ जिल्लाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने

गुल्मी, १८ साउन ।
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले गुल्मी सहित १६ जिल्लाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । परिषद्ले शुक्रबार काठमाडौमा एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो सेवाकार्य अन्तरगत दुई हजार पाँच सय २५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने जनाएको हो ।

परिषद्ले यस बर्ष गुल्मी, इलाम, झापा, धनुषा, चितवन, काठमाडौ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुरका विद्यार्थीहरुलाई सामग्री प्रदान गर्नेछ । विद्यार्थीहरुलाई झोला, कापी, कलम, जमेक्ट्री बक्स, प्राज्ञिक अंग्रेजी पुस्तक, नेपाली बृहत शब्दकोष, क्याप लगायतका शैक्षिक सामग्री प्रदान गरिने प्राज्ञिक परिषद् नेपाल, लुम्बिनी प्रदेशका सचिव मनिष बन्जाडेले जानकारी दिए ।

पत्रकार सम्मेलन कार्यक्रममा परिषद्का राष्ट्रिय महासचिव विष्णु पंगेनी, केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख तथा कोशी र मधेश प्रदेश संगठन सचिव छितराज न्यौपने, राष्ट्रिय सचिव जानकी आचार्य, सृष्टि जोशी, राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्ण प्रसाद हुमागाई, सेवा र विकासका लागि युवाका कार्यकारी निर्देशक अर्जुन बगाले, बाग्मती प्रदेश सचवि मनिता देवकोटा लागायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा