गुल्मी, २३ साउन ।
रेसुङ्गा नगरपालिका वडा नम्बर १ मा रहेको महेन्द्र माध्यमिक विद्यालयले कक्षा १२ मा उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी विद्यालयले विज्ञान, शिक्षा र व्यवस्थापन समुहबाट उत्तिर्ण विद्यार्थीहरुलाई टिका, खादा, फुलको गुच्छा र विद्यालयको बार्षिक मुखपत्र दिएर सम्मान गरेको हो ।
गत वैशाखको दोस्रो हप्ताबाट सुरु भएको परीक्षाको नजिता साउन १८ गते प्रकाशित भएको थियो । परीक्षामा महेन्द्र माध्यमिक विद्यालयबाट दुई सय जना विद्यार्थी सहभागि भएकोमा एक सय ५१ जना अर्थात ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको विद्यालयका सूचना अधिकारी शालिकराम पन्थीले जानकारी दिए ।
विद्यालयबाट विज्ञान समुहमा ३६ जना विद्यार्थी सहभागि भएकोमा ३४ जना अर्थात ९४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । गुल्मी जिल्लामा विज्ञान समुहमा महेन्द्र माविबाट सबैभन्दा धेरै विद्यार्थी उत्तिर्ण भएको प्रध्यानाध्यापक कृष्णप्रसाद मरासिनीले जानकारी दिए । उक्त समुहको फिजिक्स् बिषयमा गत बर्ष र अहिले सत् प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उक्त बिषय जंग बहादुर थापाले अध्यापन गराउदैँ आएका छन् ।
त्यसैगरी व्यवस्थापन समुहबाट १०४ विद्यार्थीले परीक्षा दिएकोमा ७१ जना अर्थात ६९ प्रतिशत र शिक्षा समुहबाट ६० जना विद्यार्थी परीक्षामा सहभागि भएकोमा ४६ जना अर्थात ७७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । विद्यालयमा विज्ञान समुहतर्फ फिजिक्समा जंग बहादुर थापा, केमिस्ट्रीमा मुक्तिनाथ पाठक, बायोलोजीमा दिपक पाण्डे, अंग्रेजीमा प्रध्यानाध्यापक कृष्णप्रसाद मरासिनी, नेपालीमा सहायक प्रध्यानाध्यापक लक्ष्मी पन्थी अर्याल र सोसल स्टडिजमा उत्तम बहादुर खत्रीले सत् प्रतिशत नजिता निकालेका छन् ।
त्यसैगरी शिक्षा समुहबाट सोसल स्टडिजमा भगवता पाण्डे, ऐच्छिक अंग्रेजीमा बासुदेव घिमिरेले पनि आफ्नो बिषयमा सबै विद्यार्थी उत्तिर्ण गराउन सफल भएका छन् । आफ्नो बिषयमा सत प्रतिशत विद्यार्थी उत्तिर्ण गराउने शिक्षक÷शिक्षिकालाई पनि सम्मान गरिएको थियो । विद्यालयबाट विज्ञान समुहमा ३.६३ जिपिए ल्याउदैँ चन्द्रकला अर्याल, व्यवस्थापन समुहमा ३.६८ जिपिए ल्याउदैँ खुम बहादुर खत्री तथा शिक्षा समुहमा ३.५३ जिपिए ल्याउदैँ विशाल अधिकारी प्रथम भएका छन् । उनीहरुलाई वैशाख १ गते बार्षिकोत्सवको अवसरमा विज्ञान, व्यवस्थापन र शिक्षा पदकबाट नगदसहित विभूषित गरिने शिक्षक ज्ञान बहादुर बस्नेतले जानकारी दिए । समग्रमा कक्षा १२ मा विद्यालयबाट ३.६८ जिपिए ल्याउदैँ खुम बहादुर खत्री प्रथम भएको शिक्षक बस्नेतले जानकारी दिए ।
कार्यक्रम सरस्वतीको फोटोमा फुल चढाएर र व्यानर पढेर प्रमुख अतिथि समेत रहेका रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रामप्रसाद पन्थीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थी, प्रध्यानाध्यापक मरासिनी लगायतका अतिथिहरुले उत्तिर्ण विद्यार्थीहरुलाई बधाई दिदैँ उज्जवल शैक्षिक भविष्यको शुभकामना व्यक्त गरे । कार्यक्रम प्रध्यानाध्यापक कृष्ण प्रसाद मरासिनीकाे अध्यक्षता, वडाध्यक्ष पन्थीको प्रमुख आतिथ्यता, सहायक प्रध्यानाध्यापक लक्ष्मी पन्थी अर्यालको स्वागत मन्तव्य तथा सूचना अधिकारी शालिकराम पन्थीको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष युवराज भण्डारी, विद्यालय व्यवस्थापन समिति सदस्य घनश्याम पाण्डे, लालप्रसाद पाण्डे, शिक्षक अभिभावक संघ सदस्य शालिकराम बस्नेत, रेसुङ्गा बहुमुखी क्याम्पसका प्रमुख हरी बहादुर केसी, प्रध्यापक भुवन अर्याल, पत्रकार हुमाकान्त पोखरेल, प्रदिप भुसाल, सहायक प्रध्यानाध्यापक लक्ष्मी पन्थी अर्याल, लगायत विद्यालयका प्रावि, निमावि, मावि एवं प्लस टु संयोजक लगायत शिक्षक, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।