नार्डेकद्वारा युवाहरूलाई सुरक्षित यात्रा कीट वितरण

गुल्मी, ०४ भदाै ।
रेसुङ्गा नगरपालिका -१४ रातामाटाका प्रवासी युवाहरूलाई सुरक्षित यात्रा सामग्री अर्थात कीट व्याग वितरण गरिएकाे छ । राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपालले रातामाटामा भारतबाट गाउँ आएका र पुन राेजगारीकाे लागि भारत जाने स्थानीय ३० युवाहरूलाई मंगलबार सामग्री वितरण गरेको हाे ।

सुरक्षित यात्रा कीट व्यागमा कण्डम, माक्स, सेनिटाइजर, ब्रस, टावेल, नङकट, काइयाे, मक्षट धुप, मलम लगायतका १४ प्रकारका सामग्री रहेका छन् ।

राेजगारीकाे लागि भारतमा कम्तिमा तीन महिना काम गरेका १८ बर्ष माथिका युवाहरूलाई उक्त सामग्री प्रदान गरिएको नार्डेक नेपालका फिल्ड सहायक अनिता आचार्यले जानकारी दिन् ।

नार्डेक नेपालले खासगरी एचआईभी, टिभि राेकथाम एवं आय आर्काेजनकाे क्षेत्रमा काम गर्दै आएको छ ।

सामग्री वितरण कार्यक्रममा फिल्ड सहायक आचार्यसँगै वडा सदस्य नेत्र बहादुर पेमी, सरिता पन्थी, स्वास्थ्य चाैकी इन्चार्ज कमला पुन, ल्याब सहायक अस्मिता खनाल पाेखरेल, फिल्ड सहायक चित्र बहादुर घर्ती लगायतकाे उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा