व्यापार

अनिल विश्व

आज भएछ चोखो प्रेम
दिने र लिउनेको व्यापार
आफ्नै खुशी हरपल मारेर
आधा जिउनेको व्यापार।।

केहि चोट अधुरै छोडेर जानु
हराउलान तिमीमा यि यादहरु
उधारो मुस्कान पैचोमा दिदै
लुकेको आशु पिउनेको व्यापार।।

झनझन फुट्दैछ सम्बन्धको बाध
भरिदैछ बोझ झुक्दैछन यि काध
पुरानो रहेछ फाटिसकेको नाता
गर्दैछु म सम्बन्ध सिउनेको व्यापार।।

बिरानो सहर यो मन कसरी लगायौ
मारेर आत्मा यो तन कसरी जगायौ
अधुरो छोडेर एक मुठ्ठि सास यहा
कसरी गर्नु म फेरी जिउनेको व्यापार।।

धेरै आउनेछन तिम्रो मोल लगाउन
किन्दैछन तिमीसगै तिम्रा सपनाहरु
नराख्नु भ्रममा बेचेपछि आफुलाई
कसरी गर्नु म फिर्ता लिउनेको व्यापार।।

साच्चै खुशी त एक्लोपनमा रहेछ
देखावटि दुनियामा किन खोज्दैछौ
आउनु रमाउन मेरो खुशीको बजारमा
गर्दैछु म फाटेको मन सिउनेको व्यापार।।

अन्जान✍️✍️✍️

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा