गुल्मी, ०८ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) धुर्कोट गाउँसमितिको दोस्रो सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले विनोद नेपालीको अध्यक्षतामा ३१ सदस्यिय कार्यसमितिको गठन गरेको छ ।
जसको उपाध्यक्षमा सागर पोखरेल र निसान्त पोखरेल, सचिवमा विवेक जिसी, सह–सचिवमा कमल नेपाली, सुजन केसी र सम्झना नेपाली तथा कोषाध्यक्षमा तिर्सना बस्नेत लगायत अन्य सदस्यहरु रहेका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति गुल्मीका सचिव अशोक थापाको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश सदस्य वेगम चन्द र गोपाल कुँवरको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संगठनका केन्द्रिय सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज भरत चन्द, जिल्ला संयोजक तथा केन्द्रिय सदस्य राजन पोखरेल, केन्द्रिय सदस्य रमेश पाण्डे, किसन पाण्डे, पार्टीका जिल्ला समन्वय समिति सदस्य पुष्कर खड्का, दलित मुक्ति मोर्चाका जिल्ला संयोजक राजु विश्वकर्मा, पार्टीका धुर्कोट गाउँकमिटी अध्यक्ष तथा वडा नम्बर १ का वडाध्यक्ष चेतमान कुँवर, वडा नम्बर ४ का वडाध्यक्ष विरेन्द्र कुँवर लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रम अनेरास्ववियू (क्रान्तिकारी) धुर्कोट गाउँकमिटीका निवर्तमान अध्यक्ष इन्द्र पोखरेलको अध्यक्षता, उपाध्यक्ष सागर पोखरेलको स्वागत मन्तव्य तथा विनोद नेपालीको संचालनमा सम्पन्न भएको थियो ।