यस्तो छ अखिल (क्रान्तिकारी) गुल्मीको इतिहास

गुल्मी, ११ भदौ ।
नेकपा माओवादी केन्द्रनिकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला कमिटी गुल्मीको १९ औँ जिल्ला सम्मेलन भदौ १५ गते सम्पन्न हुदैँछ । यसै सन्दर्भमा गुल्मीटुडेले हालसम्मका अखिल (क्रान्तिकारी) गुल्मीका अध्यक्ष वा संयोजकहरु को–को भए त ? खोज्ने प्रयास गरेको छ ।

अनेरास्ववियू (क्रान्तिकारी)को गुल्मीको ऐतिहासिक पृष्ठभूमि पल्टाउदा सातौ जिल्ला सम्मेलन वि.स. २०४९ साल जेठमा लुम्बिनी क्षेत्रिय समन्वय समितिको पहलमा सम्पन्न भएको पाइन्छ । त्यो भन्दा पहिलेको इतिहास खोजि भइरहेको छ । तर अहिलेसम्म प्राप्त भएको छैन । सातौ जिल्ला सम्मेलन तत्कालिन हस्तिचौर गाविसको पालुखामा ज्ञानेश्वर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्मेलनले ज्ञानेश्वर घिमिरे अध्यक्ष रहेको सात सदस्यिय समिति चयन गरेको थियो । त्यसपछि आठौँ जिल्ला सम्मेलन ०५३ साल चैत्र ३ गते तत्कालिन धुर प्रा.वि., धुर्कोट रजस्थलमा सम्पन्न भएको थियो । उक्त सम्मेलनपछि संगठनमा अवसरवादी प्रवृद्धि हावी भयो । केन्द्रसँग सम्बन्ध पनि टुट्यो । संगठन छिन्नभिन्न अवस्थामा रह्यो । त्यसपछि पार्र्टीको पहलमा ०५४ फागुन १४ गते नयाँगाउँ मावि नयाँगाउँमा नवौँ जिल्ला सम्मेलन सम्पन्न भयो ।

सम्मेलनले सुदर्शन बराल (कुमार लाङ्घाली)को अध्यक्षतामा सात सदस्यिय जिल्ला समिति निर्वाचित ग¥यो । त्यसपछि ०५५ पौष १४ गते प्रथम भेला सम्पन्न भयो । भेलाले पुन कुमार लाङ्घालीको संयोजकत्वमा नौ सदस्यिय १० औँ जिल्ला सम्मेलन तयारी समिति तयार ग¥यो । १० औँ जिल्ला सम्मेलन ०५७ भदौ ५ गते दिनेश गैरेको अध्यक्षतामा तत्कालिन हाडहाडे गाविसमा सम्पन्न भयो ।

सम्मेलनले दिनेश गैरे अध्यक्ष रहेको ११ सदस्यिय जिल्ला समिति चयन ग¥यो । यसैगरि ०५८ भाद्र २८ गते विरवासमा जिल्ला भेला सम्पन्न भयो । भेलाले अरुणदम पोखरेल संयोजक रहेको ११ औँ जिल्ला सम्मेलन तयारी समिति चयन ग¥यो । सोही भेलाबाट निर्वाचित संयोजक र अन्य सदस्यहरु आन्दोलनलाई विश्वासघात गरी पलायन भए । त्यसपछि ०५९ असौज १ गते हर्राचौर गाविसमा दोस्रो जिल्ला भेला गरी भुपाल पोखरेलको संयोजकत्वमा ११ औँ जिल्ला सम्मेलन तयारी समिति चयन ग¥यो ।

भेला भएको छ महिनापछि फागनु २९ र ३० गते रानिवासको जनबोध उच्च माविमा संगठनका केन्द्रिय सदस्य टिकाराम ओलीको विशेष उपस्थितिमा ११ औँ जिल्ला सम्मेलन सम्पन्न भयो । जसबाट भुपाल पोखरेल अध्यक्ष रहेको नौ सदस्यिय जिल्ला समिति निर्वाचित ग¥यो । सम्मेलन भएको ११ महिनापछि ०६० वैशाख १५ गते केन्द्रिय सदस्य अनिल शर्माको विशेष उपस्थितिमा जिल्ला भेला सम्पन्न भयो ।

भेलाले भुपाल पोखरेल संयोजक रहेको ११ सदस्यिय १२ औँ गुल्मी जिल्ला सम्मेलन तयारी समिति निर्माण ग¥यो । भेलाले छ महिनापछि ०६० असौज १७ र १८ गते घमिरमा १२ औँ जिल्ला सम्मेलन सम्पन्न ग¥यो । सम्मेलनले भुपाल पोखरेल अध्यक्ष रहेको १५ सदस्यिय जिल्ला समिति चयन ग¥यो । जसमा विशेष अतिथि शरद् ओलीको रहेको थियो ।

त्यसपछि ०६१ मंसिरमा बसेको संगठनको चौथो पूर्ण बैठकबाट महेन्द्र विसि संयोजक रहेको १५ सदस्यिय १३ औँ जिल्ला सम्मेलन तयारी समिति गठन गरियो । यसरी ०६१ माघ २८ र २९ गते हुने १३ औँ जिल्ला सम्मेलन दुष्मनको कारण प्रतिनिधि, पर्यवेक्षक कम उपस्थिति भएको हुँदा सम्मेलनलाई भेलामा परिणत गरी प्रथम जिल्ला भेलाबाट महेन्द्र विसि संयोजक रहेको १३ औँ जिल्ला सम्मेलनको तयारी गरियो ।

०६२ जेठ १ र २ गते जनबोध उच्च मावि रानिवासमा केन्द्रिय सदस्य शरद् ओलीको विशेष उपस्थितिमा र महेन्द्र विसिको अध्यक्षतामा सम्मेलन सम्पन्न भयो । सम्मेलनले महेन्द्र विसि अध्यक्ष रहेको १५ सदस्यिय कमिटी गठनपछि पछि ०६४ माघ २७ र २८ गते जनबोध उच्च मावि रानिवासमा १४ औँ जिल्ला सम्मेलन केन्द्रिय उपाध्यक्ष रामदेव आचार्य, मगरात राज्य समिति संयोजक पूर्ण बहादुर सिंह, अन्तरिम विधेयक सुदर्शन बरालको विशेष उपस्थितिमा सम्पन्न भयो ।

सम्मेलनले महेन्द्र विसि अध्यक्ष रहेको २९ सदस्यिय जिल्ला समिति निर्वाचित ग¥यो । १५ औँ जिल्ला सम्मेलन बालमन्दिर तम्घासमा ०६७ मंसिर २५ गते सम्पन्न भएको थियो । सम्मेलनले यदु ज्ञवाली अध्यक्ष रहेको २९ सदस्यिय जिल्ला समिति चयन ग¥यो । सम्मेलनमा केन्द्रिय सचिवालय सदस्य तथा मगरात राज्य संयोजक पूर्ण बहादुर सिंहको उपस्थिति रहेको थियो ।

त्यस्तै ०६९ भाद्र ५ गते बसेको जिल्ला समितिको बैठकले बाबुराम पन्थी संयोजक रहेको जिल्ला सम्मेलन आयोजक समिति गठन ग¥यो । ०६९ असौज ६ गते मगरात प्रदेश संयोजक तिलकराज भण्डारीको विशेष उपस्थितिमा जिल्ला सम्मेलन सम्पन्न भयो । सम्मेलनले घनश्याम खरेलको अध्यक्षतामा ३१ सदस्यिय जिल्ला समिति निर्वाचित ग¥यो । ०७२ असौज ६ गते संगठनका केन्द्रिय उपाध्यक्ष आर्.सि. अधिकारी विशेष उपस्थितिमा जिल्ला सम्मेलन सम्पन्न भयो ।

सम्मेलनले घनश्याम खरेलको अध्यक्षतामा ३३ सदस्यिय जिल्ला समिति निर्वाचित ग¥यो । तत्तपश्चात ०७३ फागुनमा बसेको लुम्बिनी प्रदेश समितिको भेलाले भरत चन्दको संयोजकत्वमा जिल्ला सम्मेलन आयोजक कमिटी गठन ग¥यो । त्यसपछि विभिन्न समयमा जिल्ला सम्मेलनको मिति तय गरिएको स्थितिमा बादल नेतृत्वको पार्टीसँग पार्टी एकता, एमालेसँग भएको पार्टी एकताले गर्दा संगठनका सम्मेलनहरु अनिश्चित बन्दै गए ।

एमालेसँगको पार्टी एकतापछि पनि लामो समयसम्म भातृ संगठन अस्तव्यस्त जस्तै बने । पछि ०७६ मागमा गुल्मीमा तत्कालिन अनेरास्ववियूबाट रोजेन्द्रविक्रम कुँवर संयोजक र अनेरास्ववियू (क्रान्तिकारी) बाट भरत चन्द सह–संयोजक रहने गरी संगठनको केन्द्रिय समितिले निर्णय ग¥यो । संगठनको कामले पूर्णता पाउँदै गर्दा ०७७ पुष ५ गते तत्कालिन प्रधानमन्त्री तत्कालिन नेकपाका अध्यक्ष केपी ओलीले प्रतिगामी कदम अपनाउँँदै झण्डै दुई तिहाई नजिकको सरकार रहेको संसद विघटन गरे ।

त्यसपछि प्रगितमनको विरुद्धमा सङ्घर्षरत हाम्रो संगठनले ०७७ मा ८ गते सदरमुकाम तम्घासमा विद्यार्थी भेला सम्पन्न ग¥यो । जसमा तत्कालिन अनेरास्ववियुका नविन अर्याल अध्यक्ष तथा तत्कालिन अखिल (क्रान्तिकारी) को तर्फबाट उपाध्यक्षमा रमेश पाण्डेयको नेतृत्वमा उपाध्यक्षमै बालेन श्रेष्ट, सचिवमा किसन पाण्डे, कोषाध्यक्षमा हुमाकान्त पोखरेल लगायत अन्य सदस्य रहने गरी जिल्ला कमिटीको गठन भयो ।

तर त्यसको एक महिना पनि पुग्न नपाउदैँ २४ फागुन २०७७ मा सर्वोच्चले तत्कालिन एमाले र माओवादी केन्द्रलाई छुट्याउने निर्णयसँगै पुन संगठनको केन्द्रिय समितिको बैठकले पुन भरत चन्दको संयोजकत्वमा सम्मलेन आयोजक समति गठन ग¥यो ।

त्यसपछि ०७८ असौज ०६ गते सदरमुकाम तम्घासको बालमन्दिरमा तत्कालिन लुम्बिनी प्रदेश सभा सदस्य सुदर्शन बरालको प्रमुख आतिथ्यता तथा अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य घनश्याम खरेलको विशेष आतिथ्यतामा सम्पन्न १८ औँ जिल्ला सम्मेलनले क. राजन पोखरेलको अध्यक्षतामा ३५ सदस्यिय जिल्ला समिति निर्वाचित ग¥यो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा