गुल्मीका चार पालिकामा विद्युत सेवा अवरुद्ध

हुमाकान्त पोखरेल
गुल्मी, १२ भदौ, गुल्मीका चार पालिकामा विद्युत सेवा अवरुद्ध भएको छ । जिल्लाको धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिकामा विगत दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको हो । भदौ १० गते राति हावाहुरीसँगै आएको चट्याङ र पानीले उनायचौर देखि धुर्कोट वस्तुमा रहेको सव–स्टेशनसम्म जाने ३३ केभिको लाइनमा क्षती पुगेसँगै चार पालिकामा विद्युत सेवा रोकिएको हो ।

विद्युत सेवा अवरुद्ध हुँदा गाउँमा मोबाइल चार्ज, मिल संचालन गर्न, इन्टरनेट लगायतका काममा बाधा पुगेको छ । नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले विद्युत मर्मतको काम गरिरहेको छ । अहिलेसम्म उनायचौरको विद्युत स्टेशनबाट वस्तुको हर्रे भन्ने ठाउँसम्म विद्युत पुगेको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका सूचना अधिकारी भरत पोखरेलले जानकारी दिए । उनायचौरबाट जैसिथोकको भुवानसम्म मात्रै छ ठाउँमा बिग्रिएको पोखरेलले बताए ।

अहिले कार्यालयका अधिकाशं प्राविधिक वस्तु सव–स्टेशनसम्म विद्युत पु¥याउन खटिएकोले आज दिनभरमा विद्युत संचालन गर्ने सम्भावना रहेको पोखरेलले बताए । गुल्मीको पश्चिमी भेगका लागि विरवासबाट उनायचौर हुँदै वस्तु सव स्टेशनसम्म विद्युत पु¥याइएको छ । वस्तु सव–स्टेशनबाट धुर्कोट, मालिका, मदाने, इस्मा गाउँपालिका तथा मुसिकोट नगरपालिकाको वडा नम्बर १ र २ मा विद्युत आपूर्ति भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा