गुल्मी, १३ भदाै ।
नेकपा माअाेवादी केन्द्र निकट विध्यार्थीहरूकाे संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी) रेसुङ्गा नगरकमिटीकाे दाेस्राे नगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले प्रियकां पन्थीकाे अध्यक्षतामा ३१ सदस्यीय अखिल (क्रान्तिकारी) रेसुङ्गा नगर कमिटीको गठन गरेको छ ।
जसकाे उपाध्यक्षमा माधव कुँवर, सचिवमा मन्दिरा थापा, काेषाध्यक्षमा सुस्मिता तङ्गामी र सह-सचिवमा नवीन हिताङ लगायत अन्य सदस्यहरू रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेकपा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य वीर बहादुर कार्कीले नव निर्वाचित कमिटीलाई बधाई दिदैँ आगामी कार्यकालकाे शुभकामना व्यक्त गरे ।
विशेष अतिथि पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य बुद्धि जिसीले विगतकाे सरकारले भ्रष्टाचारकाे फाइल खाेलेकाे सहन नसकेर काँग्रेस-एमालेकाे असैवंधानिक सरकार बनेकाे बताए ।
त्यसैगरी कक्षा ५ सम्मका विध्यार्थीहरूका लागि दिवा खाजा, दलित छात्रवृत्ति, समयमै पाठ्यपुस्तक विध्यार्थीकाे हातमा पुग्ने लगायतका काम अखिल (क्रान्तिकारी) ले गरेको भन्दै सबै विध्यार्थीहरूलाई संगठनमा गाेलबन्द हुन आग्रह गरे ।
कार्यक्रममा नेकपा माअाेवादी केन्द्रका जिल्ला समन्वय समिति संयाेजक तेजेन्द्र सलामी, सचिव अशाेक थापा, अखिल (क्रान्तिकारी) गुल्मीका इन्चार्ज एवं केन्द्रीय सदस्य भरत चन्द, अध्यक्ष राजन पाेखरेल, माअाेवादी केन्द्र रेसुङ्गा नगरकमिटी इन्चार्ज घनश्याम पाण्डे, अध्यक्ष गिरिसिहं महाकिम, रेसुङ्गा नगरकार्यपालिका सदस्य सीता विश्वकर्मा, अखिल (क्रान्तिकारी) रेसुङ्गा बहुमुखी क्याम्पस इकाई कमिटी अध्यक्ष रेखा नेपाली लगायतकाे आतिथ्यता रहेको थियाे ।