गुल्मी, १४ भदाै ।
नेकपा माअाेवादी केन्द्रनिकट विध्यार्थीहरूकाे संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समिति गुल्मीको १९ अाैँ जिल्ला सम्मेलनकाे तयारी पूरा भएको छ ।
भदाै १५ गते शनिबार जिल्लाकाे रूरूक्षेत्र गाउँपालिकाकाे श्रृङ्गीश्वर बहुमुखी क्याम्पसमा हुने जिल्ला सम्मेलनकाे मञ्च व्यवस्थापन, प्रतिनिधि टुंगाउने, स्वयम् सेवक व्यवस्थापन, सरसफाइ लगायतका काम सम्पन्न भइसकेको संगठनका जिल्ला अध्यक्ष राजन पाेखरेलले जानकारी दिए ।
शनिबार हुने जिल्ला सम्मेलनकाे लागि जिल्लाभरका १३१ प्रतिनिधि रहनेछन् । जसमा प्रत्येक पालिका, क्याम्पस, भुगाेल, सहिद परिवार लगायतका क्षेत्रबाट प्रतिनिधि चयन भएका छन् ।
सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलन सम्पन्न गर्नकाे लागि जिल्लास्थित संगठनका नेता, पार्टीका नेता लगायतका नेताहरू रूरूक्षेत्र पुगिसकेका छन् । १९ अाैँ अध्यक्षका लागि हालका अध्यक्ष राजन पाेखरेल, उपाध्यक्ष रमेश पाण्डे र बालेन श्रेष्ठ एवं सचिव किसन पाण्डे अध्यक्षकाे आकाक्षिं छन् ।
संगठनका जिल्ला इन्चार्ज भरत चन्दले नेतृत्व चयनमा सहमतिकाे प्रयास भइरहेको बताए । सम्भव भएसम्म सहमतिमा नेतृत्व टुंगाउने र नभए निर्वाचनमार्फत नेतृत्व टुंगाउने चन्दले बताए ।