अखिल (क्रान्तिकारी) गुल्मीको अध्यक्षमा पाण्डे

गुल्मी ।
नेकपा माअाेवादी केन्द्र निकट विध्यार्थीहरूकाे संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समिति गुल्मीको १९ अाैँ जिल्ला सम्मेलन सम्मन्न भएको छ ।

शनिबार श्रृङ्गीश्वर बहुमुखी क्याम्पसमा सम्पन्न सम्मेलनले किसन पाण्डेकाे अध्यक्षतामा ५१ सदस्यीय अखिल (क्रान्तिकारी) गुल्मी जिल्ला समितिकाे गठन गरेको छ । जसकाे उपाध्यक्षमा इन्द्र पाेखरेल, गाेपाल भण्डारी र विनु कार्की, सचिवमा राज खड्का, सह-सचिवमा निर्मल भट्टराई र रेश्मी भट्टराई तथा काेषाध्यक्षमा विशाल थापा लगायतका अन्य सदस्यहरू रहेका छन् ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि समेत रहेकी अखिल (क्रान्तिकारी) कि केन्द्रीय उपाध्यक्ष प्रविना अधिकारीले विध्यार्थीहरूकाे हक हितकाे लागि काम गर्ने एकमात्र संगठन अखिल (क्रान्तिकारी) भएको दाबी गर्दै ढुक्कसँग संगठनमा आवद्ध हुन आग्रह गरिन् ।

कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष राजन पाेखरेलले संगठनकाे सांगठनिक प्रतिवेदन पेश गरेका थिए । उनले आफू अध्यक्ष भएदेखि तीन बर्षकाे अवधिमा विभिन्न ठाउँमा हाजिरीजवाफ, रक्तदान, वृक्षारोपण, क्यालेन्डर प्रकाशन लगायतका कार्यहरू गरेकाे प्रतिवेदनमा उल्लेख गरेका थिए ।

कार्यक्रमकाे अवसरमा अखिल (क्रान्तिकारी) गुल्मीका पूर्व अध्यक्षहरू सुदर्शन बराल, दिनेश गैरे, भुपाल पाेखरेल, महेन्द्र विसी, यदु ज्ञवाली, बाबुराम पन्थी, घनश्याम खरेल र भरत चन्दलाई सम्मान पत्रले सम्मान गरिएको थियाे ।

साथै ०७९ सालकाे स्ववियु निर्वाचनमा संगठनकाे तर्फबाट निर्वाचित सबै पदाधिकारी एवं सदस्यहरूलाई पनि सम्मान पत्रले सम्मान गरिएको थियाे ।

कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य बुद्धि जिसी, युवराज केसी, जिल्ला संयाेजक तेजेन्द्र सलामी, प्रदेश सचिवालय सदस्य भुपाल पाेखरेल, जिल्ला सचिव अशाेक थापा, प्रदेश सदस्य वेगम चन्द, गाेपाल कुँवर, रामलाल विक, रामचन्द्र कडेंल लगायत पार्टी, विध्यार्थी एवं विभिन्न भातृ संगठनका नेता लगायतको आतिथ्यता रहेको थियाे ।

कार्यक्रम संगठनका निवर्तमान अध्यक्ष राजन पाेखरेलकाे अध्यक्षता, उपाध्यक्ष बालेन श्रेष्ठकाे स्वागत मन्तव्य तथा किसन पाण्डेकाे संचालनमा सम्पन्न भएको थियाे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा