प्रदिप भुसाल, गुल्मी, २५ भदाै । नेकाे इन्स्योरेन्स लिमिटेड गुल्मी उप शाखाले मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर ४ अर्खलेकी स्वर्गिय सीता पाण्डेकाे परिवारलाई मंगलबार दुइ लाख रूपैयाँ हस्तान्तरण गरेको हाे।
इन्स्योरेन्ससँग लेकाली स्वाभलम्ब बचत तथा ऋण सहकारी संंस्था र श्री कृषि बहुउद्देश्यीय सहकारी संस्थाले सहकारीका बचतकर्ताकाे एक/एक लाखकाे दुर्घटना बीमा गरेका थिए । मृतक पाण्डे दुवै सहकारीमा शेयर सदस्य थिइन् ।
उनकाे गत साउन २५ गते बुटवलमा गाेरूले हानेर उपचारको क्रममा मृत्युु भएको थियाे । मृत्युु भएको एक महिनामा कम्पनीले सहकारीकाे राेहवरमा प्रति सहकारी एक/एक लाखका दरले दुई लाखकाे चेक प्रदान गरेको कम्पनीका उप-शाखा प्रमुख भरत चन्दले जानकारी दिए ।