गुल्मीका हाेटल तथा किराना पसलमा अनुगमन

गुल्मी ।
गुणस्तरीय सामग्री उपभाेग गर्न पाउने उपभोक्ताकाे हितलाई मध्यनजर गर्दै गुल्मीमा बजार अनुगमन गरिएको छ । घरेलुु तथा साना उध्धाेग कार्यालय र जिल्ला प्रशासन कार्यालय गुल्मीले संयुक्त अनुगमन गरेका हुन् ।

बुधबार धुर्काेट गाउँपालिकाकाे वडा नम्बर ४ जैसिथाेक, वडा नम्बर ५ वस्तु, मदाने गाउँपालिकाकाे वडा नम्बर १ अग्लुङ, वडा नम्बर ५ मलायगिरी एवं वडा नम्बर ६ पुर्काेट दहमा अनुगमन गरिएको हाे ।

गल्ला तथा किराना पसल, ग्रील उध्धाेग, हाेटल, फेन्सी, दुध डेरी लगायतका गरि ५० भन्दा पसलमा अनुगमन गरिएको घरेलु तथा साना उध्धाेग कार्यालयका उध्धम विकास सहजकर्ता त्रिविक्रम ज्ञवालीले जानकारी दिए ।

अनुगमनकाे क्रममा कतिपय पसलहरू बिनादर्ता संचालन भएको, कतिपय पसलहरूकाे कागजपत्र नमिलेको, कतिपय पसलहरूले इजाजतपत्र नलिइकन मदिरा बिक्री-वितरण गरेकाे पाइएको छ ।

अधिकाशं पसलहरू तथा हाेटलहरूमा सरसफाइकाे अवस्था कमजोर देखिएकोले सुधारकाे लागि सुझाव दिइएको, कागजपत्र नमिलेकाे पसलकाे सन्दर्भमा मिलाउने सम्बन्धि विभिन्न परामर्श दिइएको कार्यालयका मिलन भण्डारीले बताए ।

अनुगमनकाे क्रममा वस्तु, म्यालपाेखरी लगायतका ठाउँबाट म्याद नाघेका सामग्री जफत समेत गरिएको छ । जफत सामग्रीहरू प्रहरी र प्रशासनकाे राेहवरमा नष्ट गरिने कार्यालय प्रमुख राजिव अर्यालले जानकारी दिए ।

घरेलु तथा साना उध्धाेग कार्यालयले मंगलबार पनि प्रशासन कार्यालयकाे समन्वयमा सदरमुकाम तम्घासका २० वटा पसलमा अनुगमन गरेको थियाे । अनुगमनका क्रममा २४ हजार पाँच सय ८५ बराबरकाे म्याद गुज्रेका सामग्री जफत गरिएको थियाे ।

कार्यालयले सदरमुकाममा मात्रै नभएर अझै केही दिन जिल्लाका सबैजसाे ठाउँका पसलहरू अनुगमन गर्ने कार्यालय प्रमुख अर्यालले बताए ।

नियमविपरीत व्यवसाय संचालन गर्ने वा प्रक्रिया नपुर्याइ व्यवसाय संचालन गर्नेलाई पहिलाे पटकमा सम्झाएको र दाेस्राे पटक पनि साेही गल्ती दाेहाेर्याए नियमअनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत तारानाथ फुल्देलले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा