गुल्मी ।
गुल्मीकाे चन्द्रकाेट गाउँपालिका एवं मुसिकाेट नगरपालिकाका ३० वटा पसलमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय एवं घरेलु तथा साना उध्धाेग कार्यालयले संयुक्त रूपमा दुई पालिकाका पसलहरूमा शुक्रबार अनुगमन गरेका हुन् ।
हाेटल, माेटरसाइकल वर्कसप, किराना पसल, फेन्सी, फर्निचर, सुनचाँदी पसल तथा अाैषधी पसलहरूमा अनुगमन गरिएको हाे । अनुगमन गरिएकामध्ये केही पसलहरू बिनादर्ता संचालन गरेकाे पाइएकाे छ ।
त्यसरि बिनादर्ता संचालन गरिएका पसलहरूलाई सात दिनभित्र दर्ता गरि प्यान नम्बर लिन समेत घरेलु कार्यालयले अनुराेध गरेकाे छ । अनुगमनकाे क्रममा कतिपय पसलहरूमा म्याद सकिएका सामग्री समेत भेटिएका छन् । त्यस्ता सामग्रीहरू अनुगमन टाेलीले जफत गरेको छ ।
पसलहरूकाे सरसफाइ, प्यान नम्बर लिए/नलिएको, समयमा व्यवसाय नविकरण गरे/नगरेकाे लगायतका बिषयमा अनुगमन गरिएको घरेलु तथा साना उध्धाेग कार्यालयका प्रमुख राजिव अर्यालले बताए ।
विगतका बर्षहरूमा अनुगमन चाडवर्प केन्द्रित मात्रै हुने गरेकाेमा याे बर्षबाट चाडपर्व अगावै बजार अनुगमन थालिएको हाे ।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तारानाथ फुल्लेल, पत्रकार महसंघका कार्यसमिति सदस्य हुमाकान्त पाेखरेल, घरेलु तथा साना उध्धाेग कार्यालयका त्रिविक्रम ज्ञवाली, मिलन भण्डारी लगायत रहेका छन् ।
गुणस्तरीय सामग्री उपभाेग गर्न पाउने उपभोक्ताकाे हीतलाई रक्षा गर्दै व्यवसाय संचालनबारे कानुनी सचेतना फैलाउने बजार अनुगमन गरिएको घरेलु तथा साना उध्धाेग कार्यालयले जनाएको छ ।