विद्यालय सुधारको लागि जुट्यो सिङ्गो दघास गाउँ

भदौ ३० गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका ८ स्थित थानपती निमावीको वृहत्तर विकासको लागि विभिन्न अभियान सञ्चालन गरिने भएको छ । आज विद्यालय व्यवस्थापन समितीका पदाधिकारी सहित दघासका अगुवा समाजसेवीहरुले भेलाले विविध निर्णय गरेको विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढामगरले जानकारी दिए ।

विद्यालयको आर्थिक अवस्था कम्जोर रहेको ,पर्याप्त दरबन्दी नहुदा पठनपाठनमा समस्या रहेको हुँदा आगामी दिनमा शैक्षिक गुणस्तर कसरी वृद्धि गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो । भेलामा सहभागी स्थानीय बुद्धिजीवीले आ-आफ्नो धारणा समेत राखेका थिए । भेलाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्काको संयोजकत्वमा १४ सदस्यीय आर्थिक संकलन अभियान समिति गठन गरेको छ ।

जसको सदस्यमा युवराज खड्का , धन बहादुर खड्का ,निज बहादुर खड्का,बोम बहादुर पौडेल,गजिन्द्र बहादुर पौडेल ,डमर बहादुर पौडेल,ओम बहादुर बानियाँ,होम बहादुर पौडेल,बालकृष्ण पौडेल,दीर्घसिङ खत्री ,घन बहादुर पौडेल ,जनप्रतिनिधि लक्ष्मी केसी र विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढामगर रहेका छन ।

त्यस्तै वित्तीय पार्दशिता र झन्झटिलो वित्तीय प्रणालीलाई मध्यनजर गर्दै संयोजक खड्का ,प्रधानाध्यापक बुढामगर र समितिका सदस्य बालकृष्ण पौडेलको हस्ताक्षर चल्ने गरि बैक खाता सञ्चालन गर्न निर्णय गरेको छ । साथै अभियान बाट जम्मा भएको रकम के कसरी सञ्चालन गर्ने भन्ने बारेमा अर्को बैठक बाट निर्णय गरिने विद्यालयले जानकारी दिएको छ ।
साथै देशविदेश रहेका सम्पुर्ण शिक्षाप्रेमी,पुर्व विद्यार्थी ,शिक्षक सम्पूर्णलाई विशेष आह्वान गरि अभियान सफल पारिने अध्यक्ष डिबी खड्काले बताए ।

पछिल्लो सयय यस विद्यालयले शैक्षिक गुणस्तर संगै विद्यालयको बृहतर विकासको लागि गाउँ ठाउँको धर्म सस्कृतिलाई प्रभाव नपर्नगरी राज्यले दिएका १२ वटा विदामा विद्यालय सञ्चालन गर्ने , बिहान ९:४५ मै कक्षा सञ्चालन गर्ने ,विद्यालयको दीर्घकालीन आम्दानी तथा पर्यावरणीय सन्तुलनको लागि विद्यालय परिसरमा वृक्षरोपण देखि विद्यालयमा धेरै पटक आउने अभिभावकलाई सम्मान गर्ने , विभिन्न दाता बाट जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने कार्य गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा